कोशी प्रदेश
रमिते सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा खगेन्द्र ओझा निर्वाचित
बेलबारीः मोरङको बेलबारी– २ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
समूहको अध्यक्षमा विजयी भएका खगेन्द्र ओझाले ४८ मत र तिलक लिम्बूले ३२ मत प्राप्त गरेका थिए । समुहमा निर्वाचित परिषद सदस्यले मात्र मतदान गर्न पाउने प्रावधान छ । समूहमा ८४ जना परिषद सदस्य रहेका छन् । समूहको उपाध्यक्षमा सुमन कटवाल, सचिवमा नैना राई, सहसचिवमा सन्तकुमार सुनार र कोषाध्यक्षमा तुलसा कार्की निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा गोपालप्रसाद नेपाल, निरु लिम्बू, भुवनेश्वर लिम्बू, राजु परियार, राजेन्द्रकुमार तामाङ र सीताराम न्यौपाने विजयी भएका छन् । महिला सदस्यहरुमा कमला श्रेष्ठ, गंगा ढकाल, मनमाया रिजाल, मेनुका शंकर, सरस्वती लिम्बू रहेका छन् ।
लेखा समितिमा श्याम लिम्बू र अनुगमन समितिमा गोपाल न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।
साधारणसभाको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख डिपी राईले गरेका थिए । समूहका अध्यक्ष प्रेम राईको सभापतित्व र राजु परियारको सञ्चालनमा सम्पन्न साधारणसभामा वडा नं. २ का वडाध्यक्ष कृष्ण गुरुङ, सब डिभिजन कार्यालय सलकपुरका लालबहादुर माझी, देवीझोडा सामुदायिक वन समूहका गोविन्द बस्नेत अतिथि रहेका थिए ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login