शेयर
१ अंकले बढेको बजारमा लगभग ८२ करोडको कारोबार
विराटचोकः लगातार दुई दिन दोहोरो अंकले बढेको बजार आज १ दशमलव ०२ अंकमात्रै बढेको छ । दिनभरजसो राताम्य रहेको बजार अन्तिम समयमा झिनो अंकले बढेको हो ।
बजार बढेसँगै नेप्से परिसूचक १९१९ दशमलव ४२ को अंकमा अडिए पनि कारोबार रकम भने घटेको छ । आज ८१ करोड ६२ लाख १९ हजार १ सय २९ रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ ।
होटल तथा पर्यटन समूह सर्वाधिक १ दमलव ३४ प्रतिशतले उकालो लागेको छ । व्यापार समूह सर्वाधिक ० दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ । नेप्सेमा सूचीकृतमध्ये २ सय ५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार ४ सय १३ पटक कारोबार भएको छ ।
हालै दोस्रो बजारमा सूचीकृत सुपर माई हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढ्दा सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयरभाउ ४ दशमलव ४१ प्रतिशतले झरेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण २७ खर्ब ८० अर्ब ४१ करोड १० लाख २६ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login