स्थानीय तह
नयाँ वर्षसँगै स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन सकिने
विराटचोकः नयाँ वर्षसँगै श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।
मन्त्रालयका अनुसार आगामी वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागिएको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ । त्यसका लागि बैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धि गरिने भएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login