शिक्षा / स्वास्थ्य
पूर्वाञ्चल विश्वविद्यालयको ११ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीले व्यक्त गरेको सम्बोधनको पूर्ण पाठः
विराटचोकः सर्वप्रथम पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम. फिल., स्नातकोत्तर र स्नातक तह पार गरी आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै तपाईंहरूको उज्ज्वल भविष्यको कामनासहित सफल व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।
म आजभन्दा ६ वर्ष अगाडि अर्थात् २०७३ साल चैत २२ गते आयोजना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको आठौँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुने अवसर प्राप्त भएको स्मरण गर्न चाहन्छु । आज दोस्रोपटक एघारौँ दीक्षान्त समारोहमा पुः कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।
हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहेको हुन्छ । राष्ट्रको सर्वाङ्गीण विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यसहित करिब तीन दशक अगाडि स्थापित यस विश्वविद्यालयले तीन दशकको यस अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु । यस अवसरमा विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउनुहुने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबै महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी दिनमा विश्वविद्यालयको संस्थागत सुधार गर्दै उच्च शिक्षामा प्रतिष्पर्धी गुणस्तर प्राप्त गर्नका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत व्यक्त गर्दछु ।
आज हाम्रा सामु जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाइ र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु छन् । यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकताका र अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने हिसाबले दक्ष जनशक्तिको उत्पादनमा ध्यान केन्द्रित गर्दै गइरहेको थाहा पाउँदा खुशी लागेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ व्यापक बनाएर मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बद्र्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ । साथै हामी बाँचेको पृथ्वीमा भइइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरु र समस्याहरूको समाधानमा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ ।
विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ । प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहन्छ । हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।
२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ । लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको मर्म र भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्नसक्ने जनशक्तिको उत्पादनमा समेत विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मलाई लागेको छ ।
अथाह सम्भावनाले भरिएको यस प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने मेरो चाहना छ । यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानुनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, ऐनको समयानुकूल परिमार्जन र संशोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।
गोठगाउँमा जति सक्दो चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध होस् भन्ने यस क्षेत्रका जनताको अपेक्षाबारे म जानकारी राख्दछु । त्यसका लागि उपयुक्त उपायहरूको खोजी गर्दै समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाका साथ स्रोत–साधन जुटाएर र कानुनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइ चाँडै एबिबिएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन शुरू गर्न नेपाल सरकारका तर्फबाट सक्दो सहयोग रहनेछ । मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनसङ्ख्यालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ नेपाल सरकारका तर्फबाट निरन्तर पहल र प्रयत्न भइरहेको समेत स्मरण गराउन चाहन्छु ।
प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञनिक कृषि शिक्षा, कृषिमा यान्त्रिकरण र जैविक विविधताको अनुसन्धानमार्फत् प्रदेशका साथै समग्र देशकै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा यस विश्वविद्यालयले अग्रणी भूमिका खेलोस् भन्ने म चाहन्छु । यस क्षेत्रका महत्व पूर्ण कृषि उपजहरु अलैँची, चिया, जुट, फलफूल, रुद्राक्ष, जडिबुटी लगायत मौलिक उत्पादनहरूमा समेत सुक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कार्यमा समेत यो विश्वविद्यालयले महत्वपूर्ण योगदान दिन सक्नेछ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम. फिल., स्नातकोत्तर र स्नातक तह पार गरेर आज दीक्षित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै तपाईंहरूले प्राप्त गरेको ज्ञानबाट समाज र राष्ट्रको उत्थानमा योगदान पु¥याउनुका साथै आफ्नो दैनिक व्यवहार र व्यावसायिक जीवन समेत सकारात्मक प्रभाव पार्न सकोस् भन्ने शुभकामना समेत दिन चाहन्छु । धन्यवाद !
पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री एव विश्वविद्यालयका कुलपति श्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गर्नुभएको सम्बोधन ।
Facebook Comment
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड
पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ । चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम अघि बढाइएको छ ।
सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशनसमेत दिए ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए ।
Tap TapRoyal enfield
सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपत् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
सभाले कार्यकारी परिषद्का लागि (तीन वर्षका लागि) तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । डिनबाट चिकित्साशास्त्र संकायकी डिन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ ।
पारित नीति, कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login