Connect with us
Advertisement

पूर्वाञ्चल विश्वविद्यालयको ११ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीले व्यक्त गरेको सम्बोधनको पूर्ण पाठः

Published

on

विराटचोकः सर्वप्रथम पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम. फिल., स्नातकोत्तर र स्नातक तह पार गरी आज दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै तपाईंहरूको उज्ज्वल भविष्यको कामनासहित सफल व्यावसायिक जीवनका लागि शुभकामना व्यक्त गर्दछु ।

म आजभन्दा ६ वर्ष अगाडि अर्थात् २०७३ साल चैत २२ गते आयोजना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको आठौँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुने अवसर प्राप्त भएको स्मरण गर्न चाहन्छु । आज दोस्रोपटक एघारौँ दीक्षान्त समारोहमा पुः कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।

हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहेको हुन्छ । राष्ट्रको सर्वाङ्गीण विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यसहित करिब तीन दशक अगाडि स्थापित यस विश्वविद्यालयले तीन दशकको यस अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छु । यस अवसरमा विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउनुहुने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबै महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी दिनमा विश्वविद्यालयको संस्थागत सुधार गर्दै उच्च शिक्षामा प्रतिष्पर्धी गुणस्तर प्राप्त गर्नका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत व्यक्त गर्दछु ।

आज हाम्रा सामु जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाइ र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु छन् । यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकताका र अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने हिसाबले दक्ष जनशक्तिको उत्पादनमा ध्यान केन्द्रित गर्दै गइरहेको थाहा पाउँदा खुशी लागेको छ ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ व्यापक बनाएर मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्बद्र्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ । साथै हामी बाँचेको पृथ्वीमा भइइरहेको तापक्रम वृद्धि र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न सबै प्रकारका चुनौतीहरु र समस्याहरूको समाधानमा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक भइसकेको छ ।

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ । प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहन्छ । हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछन् ।

२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ । लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको मर्म र भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्नसक्ने जनशक्तिको उत्पादनमा समेत विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मलाई लागेको छ ।

अथाह सम्भावनाले भरिएको यस प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने मेरो चाहना छ । यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानुनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, ऐनको समयानुकूल परिमार्जन र संशोधनका लागिसमेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

गोठगाउँमा जति सक्दो चाँडै मेडिकल कलेज सञ्चालन भई जनतामा गुणस्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध होस् भन्ने यस क्षेत्रका जनताको अपेक्षाबारे म जानकारी राख्दछु । त्यसका लागि उपयुक्त उपायहरूको खोजी गर्दै समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाका साथ स्रोत–साधन जुटाएर र कानुनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइ चाँडै एबिबिएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन शुरू गर्न नेपाल सरकारका तर्फबाट सक्दो सहयोग रहनेछ । मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनसङ्ख्यालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ नेपाल सरकारका तर्फबाट निरन्तर पहल र प्रयत्न भइरहेको समेत स्मरण गराउन चाहन्छु ।

प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञनिक कृषि शिक्षा, कृषिमा यान्त्रिकरण र जैविक विविधताको अनुसन्धानमार्फत् प्रदेशका साथै समग्र देशकै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा यस विश्वविद्यालयले अग्रणी भूमिका खेलोस् भन्ने म चाहन्छु । यस क्षेत्रका महत्व पूर्ण कृषि उपजहरु अलैँची, चिया, जुट, फलफूल, रुद्राक्ष, जडिबुटी लगायत मौलिक उत्पादनहरूमा समेत सुक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कार्यमा समेत यो विश्वविद्यालयले महत्वपूर्ण योगदान दिन सक्नेछ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी एम. फिल., स्नातकोत्तर र स्नातक तह पार गरेर आज दीक्षित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै तपाईंहरूले प्राप्त गरेको ज्ञानबाट समाज र राष्ट्रको उत्थानमा योगदान पु¥याउनुका साथै आफ्नो दैनिक व्यवहार र व्यावसायिक जीवन समेत सकारात्मक प्रभाव पार्न सकोस् भन्ने शुभकामना समेत दिन चाहन्छु । धन्यवाद !

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री एव विश्वविद्यालयका कुलपति श्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गर्नुभएको सम्बोधन ।

विश्वविद्यालयको समुदायस्तरमा पहुँच वृद्धिका लागि आवश्यक ऐन परिमार्जन गर्न सरकारले सहयोग गर्नेः प्रधानमन्त्री दाहाल

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक