राजनीति
एमालेले महालक्ष्मीका हरेक वडाका ३५ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, १४० जना भइसके सम्मानित

धनकुटाः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी नगरपालिकाको वडा नं.१, २, ८ र ९ का १ सय ४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।
महालक्ष्मी नगरपालिका वडा नं. १ र वडा नं.२ का गरी ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५÷३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।
सम्मान पत्र र दोसल्ला ओढाएर ज्येष्ठ नागरिकलाई सम्मान गरिने भएको हो । पार्टी सुदृढीकरण तथा विस्तारका लागि टोल, वडा र पालिकाकेन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए । फागुन ५ गते शुरु भएको अभियान बैशाख ५ गते समापन हुनेछ ।
बेलबारी र केराबारीमा नेकपा एमालेको ग्रासरुट अभियान शुरु
एमालेका पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्नुपर्ने, मिसन ग्रासरुट अभियान शुरु
Facebook Comment
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
Banner
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login