Connect with us
Advertisement

बाल यौन हिंसाका घटना न्यूनीकरण नगरको प्राथमिकतामाः मेयर गुरागाईँ

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले बाल यौन हिंसाका घटना न्यूनीकरण गर्न नगरपालिका कटिबद्ध रहेको जनाएका छन् । सहायता सामाजिक संस्थाको आयोजनामा आज सुन्दरहरैंचाको वडा नम्बर ७ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बाल यौन हिंसाका घटनाका दोषीलाई कारवाही गर्न नगरपालिका पछि नपर्ने बताए ।

‘हाम्रो ठाउँमा पनि यौन हिंसाका घटना भएका छैनन् भन्न हामी भन्न सक्दैनौँ’, उनले भने, ‘प्रकट भएका छैनन् होला । तर, भित्रभित्रै छात्राहरुले महसुस गर्नुभएको होला । यस्ता कार्यक्रम गर्दा जोखिममा पर्न सक्ने उमेर समूहका बालिका वा किशोरीलाई समावेश गर्न सकियो भने उपलब्धिपूर्ण हुनेछ ।

बाल यौन हिंसाका घटना भित्रभित्रै गुम्सिएर बसेका धेरै हुन सक्छन् भन्ने ठानेर आगामी आर्थिक वर्षदेखि नगरले ‘छात्रासँग उपमेयर’ कार्यक्रम लागू गर्ने उनले जनाए । सो शीर्षकमा नगरभित्रका हरेक विद्यालयमा वर्षमा कम्तीमा एक पटक उपमेयर पुगेर छात्रासँग अन्तरक्रिया गर्ने उनले जनाए । विद्यालयका शिक्षक वा अभिभावकलाई भन्न नसकेका कुरा विद्यार्थीले उपमेयरसँग भन्ने र दोषीलाई कारवाही गर्न सहज हुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वडाले विनियोजन गरेको बजेट उपलब्धिपूर्ण काममा खर्च नहुने देखिएमा खर्च नगरिने बताए । वडा नम्बर ७ ले सामाजिक विकासका कुनै पनि काम गर्न सकेन भन्ने आरोप लागिरहेको आफूले सुनेको भन्दै उनले प्रतिफल नदिने कार्यक्रमको औचित्य आफूले नदेखेको उल्लेख गरे ।

‘कार्यक्रम गरिसकेपछि कमसेकम त्यसको केही उपलब्धि होस्’, वडाध्यक्ष मगरले भने, ‘त्यसको इफेक्ट यहाँनिर पर्याे भनेर वडावासीले भन्न सक्नुहोस् । तबमात्र कार्यक्रम र खर्च गरेको सुहाउँछ । त्यसैले वडावासीलाई सहयोग नपुग्ने खालका कार्यक्रममा वडाले खर्च नगर्ने भएको हो ।’

कार्यक्रममा सिर्जना सामुदायिक वनका अध्यक्ष भक्तिप्रसाद सिटौला, आशा नेपालका उपाध्यक्ष अनुरोध साह र पञ्चायत माध्यमिक विद्यालयका शिक्षक अम्बिकाप्रसाद सापकोटाले आफ्ना भनाइ राखेका थिए ।

मनोपरामर्शकर्ता सुशीला पाठकले सहजीकरण गरेको कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ७ का विभिन्न विद्यालयमा अध्ययनरत करीब १ सय जना बालिका तथा किशोरी सहभागी भएका थिए ।

संस्थाकी अध्यक्ष शर्मिला आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी केसीले गरेकी थिइन् । संस्थाकी उपाध्यक्ष तुलसा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

संस्थाले वडा नम्बर ७ का सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बाल यौन हिंसाका घटना भएमा उजुरी दिन सक्ने गरी उजुरी पेटिकाको व्यवस्था गरिएको जनाएको छ । उजुरी पेटिकामा पीडित विद्यार्थीले उजुरीपत्र खसाउन सजिलो होस् भनेर उजुरी पेटिकाको व्यवस्था गरिएको संस्थाकी अध्यक्ष आचार्यले बताइन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक