Connect with us
Advertisement

किसानका लागि कादम्बिनी कृषि सहकारी संस्थाद्वारा पशुपन्छीसम्बन्धी तालीम शुरु

Published

on

विराटचोकः कादम्बिनी कृषि सहकारी संस्था सुन्दरहरैंचाले शेयर सदस्य पशुपालक किसानका लागि तीन दिवसीय तालीम शुरु गरेको छ ।

तालीमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह तामाङले वडाले प्रतिफलमूलक कार्यक्रममा मात्रै बजेट विनियोजन गर्ने र त्यसै क्रममा किसानका लागि तालीम शुरु गरिएको जनाए । वडा नम्बर ७ मा धेरै कृषियोग्य जग्गा भए पनि भूवर्गीकरणका क्रममा धेरै किसानले आफ्नो जग्गा आवासीय क्षेत्रमा पारेकाले किसानले नगरबाट मल, बीउलगायतमा पाउने अनुदान र ती वस्तुको परिमाण घट्ने सम्भावना रहेको बताए ।

जसका कारण सर्वसुलभ मूल्यमा मल र बीउ नपाउने हुँदा त्यसको अपजस कृषि सहकारी संस्था र वडालाई किसानले दिने भए पनि जग्गाको भूवर्गीकरणमा गरिएको गल्तीले त्यस्तो समस्या भएको भनेर किसानले बुझ्नुपर्ने उनले बताए ।

जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्यले तालीमपछि व्यावसायिक पशुपालनमा लाग्नुपर्ने बताए । कृषिसम्बन्धी तालीम कृषि सहकारी संस्थालाई दिएर वडाले उदाहरणीय काम गरेको उनको भनाइ थियो । छोटो समयमा कादम्बिनी कृषि सहकारीले राम्रो प्रगति गरेकै कारण स्थापनाको छोटो अवधिमै संस्था जिल्ला कृषि सहकारी संघबाट पुरस्कृत हुन सफल भएकोमा शेयर सदस्यले गर्व गर्न सक्नुपर्ने उल्लेख गरे ।

सहकारी संस्था लिमिटेड दुलारीका अध्यक्ष तथा वडा नम्बर ७ का पूर्व वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले पशुलाई उचित आहार खुवाउने र गोठको उचित व्यवस्थापन गर्नमा ध्यान दिनुपर्ने उल्लेख गरे । परम्परागत तरिकाबाट मात्रै पशुपालन नगरेर तालीममा पाएको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताए । पशु हो भन्दैमा आफूले खाएर बाँकी रहेको खाना पशुलाई दिने र गोठको व्यवस्थापन नगर्ने किसानको बानीको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

५० जना किसान सहभागी भएको तालीमको सहजीकरण पशु प्राविधिक जीवन चापागाईँले गरेका छन् ।

संस्थाका अध्यक्ष कपिलराज दाहालको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिलन लुइँटेलले सञ्चालन गरेका थिए । उपाध्यक्ष शर्मिला घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Published

on

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।

उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।

Continue Reading

Banner

समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने

Published

on

प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् ।  आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।

Continue Reading

Banner

इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते

Published

on

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।

साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक