खेलकुद
राष्ट्रपति रनिङ शिल्डको एलेटिक्स विधामा टीकाराम र सोनुलाई स्वर्ण
काठमाडौंः सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३ औं राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् ।

छात्रतर्फ टीकारामले ४ मिनेट ३१ दशमलव ५ सेकेण्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोस्रो तथा नुवाकोटाका दिनेश राई तेस्रो भए ।
छात्रातर्फ सोनुले निर्धारित दूरी ५ मिनेट ३६ दशमलव ३ सेकेण्डमा तय गरिन् । दोलखाकी खिरकुमारी खड्का दोस्रो तथा काठमाडौंकी आयुष्मा आचार्य तेस्रो भए ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए । नवीनले १ दशमलव ७३ मिटर उचाई नाघे । चितवनका समीर चौधरी दोस्रो तथा धादिङका रोजन श्रेष्ठ तेस्रो बने ।
१ दशमलव ३३ मिटर उचाई नाघेकी काठमाडौंकी अनु भुषाल छात्रातर्फ शीर्ष स्थानमा रहिन् । धादिङकै शषिता तामाङ दोस्रो तथा काठमाडौंकी अस्विना कार्की तेस्रो भइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जिते । आयुशले निर्धारित दूरी ५४ दशमलव ६२ सेकेण्डमा पूरा गरे । काभ्रेका प्रदीप माझीले रजत तथा काठमाडौंका सन्तबहादुर दराईले कास्य जिते ।

सो स्पर्धाको छात्रातर्फ नुवाकोटकी आस्था राईले निर्धारित दूरी १ मिनेट १० दशमलव ८१ सेकेण्डमा पूरा गरी पहिलो भइन् । रामेछापकी भगवती खड्का दोस्रो तथा भक्तपुरकी उर्जा मधिकर्मी तेस्रो भए ।
छात्र सटपुटमा रसुवाका विश्वास घले पहिलो भए । उनले १२ दशमलव ५२ मिटर टाढा फाले । दोलखाका जगनबहादुर श्रेष्ठ दोस्रो तथा काभ्रेका समीर शाह तेस्रो भए ।
उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठले पहिलो स्थान हात पारिन् । अप्सराले ८ दशमलव १० मिटर टाढा फालेकी थिइन् । रामेछापकी सजिना तामाङ दोस्रो तथा सिन्धुपाल्चोककी विस्म तामाङ तेस्रो भए ।
छात्र ४ गुणा १ सय मिटर रिलेमा मकवानपुर पहिलो, चितवन दोस्रो तथा सिन्धुली तेस्रो भए । सो स्पर्धाको छात्रामा चितवन, धादिङ र भक्तपुर क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । विभिन्न १३ जिल्लाका १ हजार २ सय ७० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।


Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login