समाचार
आज मातातीर्थ औंसी

विराटचोकः आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्म तथा कर्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आजको दिनलाई मनाइन्छ ।
हरेक वर्ष यो पर्व बैशाख कृष्ण औँसीका दिन मनाइन्छ । यस दिन जीवित आमालाई खान लाउन दिएर सम्मान गरिन्छ । त्यस्तै, दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरिन्छ । मातातीर्थ औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
आमा हुनेहरूले आजका दिन आमालाई मन पर्ने मीठामीठा खानेकुरा र वस्त्र दिने गर्दछन् ।
Facebook Comment
Banner
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।
आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।
यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।
Banner
युरोपेली आयोगको पछिल्लो कदम, जसले देखाउँछ ट्रम्प प्रशासनसँग युरोपको अविश्वास

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेसँगै अमेरिका र युरोपको सम्बन्धमा उतारचढाव देखिन थालेको छ । जसका कारण युरोपेली नेताहरूमा अमेरिकाप्रतिको भरोसा कम हुँदै गएको विश्लेषण हुन थालेको छ ।
युरोपले दरिलो साथ दिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ट्रम्पले ह्वाइट हाउसमा बोलाएर हप्कीदप्की गर्दा नै युरोप उनीसँग चिढिएको थियो । त्यसलगत्तै युरोपेली नेताहरूले जेलेन्स्कीलाई युरोपमा बोलाएर न्यानो स्वागत गरे ।
ट्रम्पसँग लगातार चिढिएको युरोपले पछिल्लो नयाँ कदम चालेको छ । जसअनुसार युरोपेली कमिसनले अब अमेरिकी जाने आफ्ना अधिकारीहरूलाई सुरक्षा संवेदनशीतालाई मध्यनजर गर्दै केही डिभाइसहरू प्रयोग नगर्न सुझाएको छ ।
हालै बाहिर आएको एक रिपोर्टले युरोप र अमेरिकाबीचको बढ्दो दूरीलाई दर्साउँछ । उक्त रिपोर्टका अनुसार युरोपेली कमिसन (आयोग) ले ईयूका वरिष्ठ अधिकारी तथा नेताहरूलाई अमेरिका यात्राका क्रममा सुरक्षा संवेदनशीलतालाई महत्त्व दिन भनेको छ ।
रिपोर्टका अनुसार अमेरिका यात्राका क्रममा बर्नर फोन (किप्याड) र साधारण ल्यापटप मात्र प्रयोग गर्न भनिएको छ । यो ट्रम्प प्रशासनले गर्न सक्ने सम्भावित जासुसीको आशंकालाई मध्यनजर गर्दै उठाइएको कदम भएको बताइएको छ ।
निकै पुरानो सम्बन्ध हुँदाहुँदै पनि जनवरी २०२५ मा ट्रम्पले पुनः अमेरिकी राष्ट्रपतिको कमान सम्हालेपछि युरोप-अमेरिका सम्बन्धमा दरार बढेको यो घटनाले पनि देखाउँछ । खासगरी नाटोका सहयोगीहरूको आलोचना, कर एवं रुसप्रति नरम भनिएको ट्रम्पको रवैया युरोपको चिन्ताको विषय बनेको छ । जसका कारण अविश्वास गहिरिएको छ ।
फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार युरोपेली कमिसनले आफ्ना अधिकारीहरूलाई अमेरिका यात्राका क्रममा आफ्ना नियमित फोन र डिभाइसहरूको सट्टा डिस्पोजेबल फोन तथा सामान्य ल्यापटप मात्र प्रयोग गर्न भनेको छ । यस्तो सावधानी पहिले चीन तथा युक्रेनजस्ता देशहरूमा मात्र अपनाइने गरिएको बताइएको छ ।
बर्नर फोन एक अस्थायी प्रकृतिको फोन भएको बताइएको छ । र, सामान्यतया गोपनीयता कायम राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ । यसलाई सामान्य रूपमा परिवर्तन गर्न वा नस्ट गर्न सकिने जनाइएको छ । यसका साथै उक्त फोनको प्रयोगले संवेदनशील डाटा चोरी हुने सम्भावना कम हुने बताइएको छ । रिपोर्टमा सूत्रको हवाला दिँदै आगामी हप्ता वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको बैठकमा भाग लिन जाने अधिकारीहरूलाई यस्तो सावधानी अपनाउन भनिएको बताइएको छ ।
Banner
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा

२ वैशाख, काठमाडौं । करिब एक महिनादेखि नेपाल प्रहरीका ६ विभागहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विहीन बनेका छन् । पद रिक्त रहेको एक महिनासम्म बढुवा हुन नसक्दा प्रहरीका ६ विभागहरू खाली भएका हुन् । ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण आईजी र एआईजीहरू अवकाशमा गएका थिए । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रमुख एआईजी दीपक थापा आईजीमा बढुवा भए । थापा आईजी बनेसँगै रिक्त एआईजीको संख्या ६ पुग्यो । त्यतिबेला एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई अवकाशमा गएका थिए । उनीहरू पाँच र थापा आईजी बनेसँगै ६ एआईजीको पद रिक्त भए पनि लामो समयसम्म बढुवा हुन सकेको छैन । जसकारण अहिले मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन् । लामो समयसम्म प्रहरीका उच्च पदहरू खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ । प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ । तर, यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन । अहिले बढुवा हुने एआईजीहरू भावी नेतृत्वको प्रमुख दाबेदार हुने भएकाले एआईजी बढुवा निकै पेचिलो बनेको छ । त्यसको असर एक महिनासम्म सीआईबीजस्तो महत्त्वपूर्ण युनिट र विभागहरू एआईजीविहीन बनेका छन् । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ । तर ६ वटा विभाग भने अहिले एआईजीविहीन छन् । नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन् । जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login