Connect with us
Advertisement

रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

Published

on

काठमाडौंः राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप प्रतियोगिताको खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी अपराजित रहँदै च्याम्पियन बनेका छन् । यसअघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार आआफ्नो खेल जिते ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् ।

८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् । समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन शुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका शुरवीर र क्षितिजले क्रमशः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १–१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ए च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी बी च्याम्पियनसिपमा घटुवा भएका छन् । शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् ।

दिव्यांश मन्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टुर्स र नेपाल टेलिकमको सह–प्रायोजनमाभएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कर पाइन् । साढे ५ अंकसहित सुशीला गुरुङ उपविजेता र शान्ति धिमाल तेस्रो भए । नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तिले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी ७ जनाले बीच च्याम्पियनसिप खेल्नेछन् ।

प्रतियोगितामा खुलातर्फका विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजनाहुने वल्र्ड कप साइकल एशियन जोनल ३.२ च्याम्पियनसिप तथा एशियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुलातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५ देखि १७ बैशाखमा आयोजना हुने एसियन युथ मिक्स्ड डबल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एशिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइनमार्फत् हुने भएको छ ।

काठमाडौंको ले हिमालय होटलमा बैशाख ५ गतेदेखि सञ्चालित प्रतियोगिताका पदक विजेता खेलाडीलाई पूर्व सभामुख कृष्णबहादुर महराले पुरस्कृत गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक