Connect with us
Advertisement

नियम मिच्ने ९ वाणिज्य बैंकमाथि कारबाही

Published

on

काठमाडौंः नेपाल राष्ट्र बैंकले नियम मिच्ने ९ वाणिज्य बैंकमाथि कारबाही गरेको छ । कर्जा र निक्षेप अनुपात कायम नगरेको, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको तथा अन्य शीर्षकमा ती बैंकहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्ने बैंकहरुमा तत्कालीन एनसीसी र सेञ्चुरी बैंकका साथै कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक छन् । तत्कालीन एनसीसी बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधि, २०७५ को २६ (क) विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशनविपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको हुँदा कारबाही गरिएको बताइएको छ ।

सो बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम रु. ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दति निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानीको व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको देखिएकाले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००को उपदफा (२) (क )बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ।

उता, राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा राष्ट्र बैंकले तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई जरिवाना गरेको छ ।

सेञ्चुरीलाई २ करोड ८४ लाख ७ सय ३२ रुपैयाँ ८६ पैसा, नेपाल बैंकलाई १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ ३८ पैसा, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ ७४ पैसा, ग्लोबल आइएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार ८ सय ३१ रुपैयाँ ३ पैसा, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार ८ सय ३१ रुपैयाँ ८९ पैसा र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ ३६ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published

on

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।

Continue Reading

Banner

आज विदेशी मुद्राको विनिमय दर कति ?

Published

on

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

Continue Reading

Banner

साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

Published

on

साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक