समाचार
सुन्दरहरैँचा वडा नम्बर ११ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ११ का अध्यक्ष विसनलाल चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिले सहजीकरण गरेको कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवाप्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरुलगायतका विषयमा उठेका जिज्ञासाको समाधान खोज्ने प्रयास गरिएको थियो ।
सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडा कार्यालयबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार संस्कार बसाउने उद्देश्यले सञ्चालन गरिएको वडाध्यक्ष चाैधरीले बताए । कार्यक्रमका अतिथिहरुमा वडा सदस्यहरु जिवनाथ ढकाल, विशाल लिम्बू ,महिला सदस्य शुस्मा चाैधरी दनुवार, ज्ञानुमाया सार्की , वडा सचिव श्रेया हुमागाई, प्रविधिक शाकार ढकाल रहेका थिए ।

सहजकर्ता संस्थाले वडावासीसँग प्रश्नावली फारम भर्ने क्रममा दिएका सुझाव र सोधेका प्रश्नको जवाफ वडाध्यक्ष चाैधरी , वडा सचिव हुमागाई लगायतले दिएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित भएर सोधिएका प्रश्नको जवाफ वडाध्यक्ष चाैधरी, वडा सचिव प्राविधिकले दिएका थिए ।
सहभागीहरुले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर बढाउन प्रभावकारी भुमिका खेल्नु पर्ने वडाबाट सञ्चालन भएका तालिमलाई प्रभावकारी बनाउनु पर्ने सबैकाे पहुँच पुग्नेगरी सूचना गरिनु पर्ने वडाकाे पूर्वपश्चिम बाटाे कालाेपत्रे गरिनु पर्ने बजार क्षेत्रमा लाइट सिसि क्यामेरा राखिनु पर्ने कृषिलाई प्राथामिकता दिएर काम गर्नुपर्ने लगायतका जिज्ञासा राखेका थिए ।
सहभागीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वडाध्यक्षले कालाेपत्रे गर्ने विषय घाेषाणा पत्रमा समेत लेखिएकाे तर विविध कारणले हुन नसकेकाे तर आगामि वर्ष हुने बताएका थिए यस्तै वडाका बजार क्षेत्रमा सुरक्षाकालागि लाइट र सिसि क्यामेरा राख्ने विषयमा लाग्ने बताए । शिक्षा क्षेत्रकाे प्रभावकारीताका विषयमा नगर शिक्षा समिति बनेकाे र विद्यालयमा व्यवस्थापन समिति गठन भइरहेकाे बताउदै आगामि दिनमा अनुगमनलाई प्राथामिकता राखेर अघि बढ्ने बताए । गत साउन देखि बैशाख १५ सम्म व्यक्तिगत घटना दर्ता ५ सय ८० जनाकाे भएकाे वडा सचिव हुमागाईले बताइन् । जसमा जन्मदर्ता १ सय ५४ जना , मृत्यू दर्ता ५२ सम्बन्ध विच्छेद ११, विविह दर्ता १०१, बसाइ सरी आउने १ सय ७१, बसाईसरी जाने ९१ दर्ता सङ्ख्या रहेकाे बताइन् । यस्तै सामाजिक सुरक्षा तर्फ ८ सय ८२ जना लाभग्रहिले सेवा पाइरहेकाे बताइन् । कार्यक्रमकाे सहजिकरण सहजकर्ता ज्ञननाथ ढकालले गरेका थिए । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधि उपभाेक्ता समिति टाेल विकास समितिका प्रतिनिधि सङ्घ सस्थाका प्रतिनिधि लगायत नागरिककाे उपस्थिति रहेकाे थियाे ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login