Connect with us
Advertisement

इलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी निरीक्षक उदय समसेर जबरा आएपछि भएका काम सार्वजनिक

Published

on

विराटचोकः गत फागुन २४ गतेदेखि इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यालय प्रमुख भएर आएका प्रहरी निरीक्षक उदय समसेर जबराले हालसम्म आफ्नो कार्यालयले गरेको प्रगति सार्वजनिक गरेका छन् ।

शुक्रबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा कार्यालयले गरेको कामको विवरण प्रस्तुत गरेका हुन् ।

श्रीमतीको गत फागुन २५ गते हत्या गरी फरार भएका बेलबारी– १ का ४९ वर्षीय हिमकर्ण महतलाई चैत २ गते पक्राउ गरी आवश्यक अनुसन्धानपछि जिल्ला अदालत मोरङमा पेह गरिएकोमो चैत २७ गते उनी पुर्पक्षको लागि कारागार चलान भएका थिए ।

चैत ३ गते राति ग्रामथान–२ को सौजन्य बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर ७ लाख ७७ हजार १८ रुपैयाँ चोरी गर्ने ४ जनालाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुमध्ये सर्लाहीको ईश्वरपुर– ५ का मिथिलेश यादव २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । मोरङको ग्रामथान ५ का दिलीपकुमार चौधारी र ईरज धामी तथा सर्लाहीको लालबन्दी– २ का मिथुन पासवान पुर्पक्षका लागि कारागार चलान भएको कार्यालयले जनाएको छ ।

चैत २२ गते अर्काको नाममा ग्रामथान–२ मा रहेको सरस्वती नमूना माविबाट एसईई परीक्षा दिने धरान–५ की सुस्मिता लिम्बू र परीक्षा दिन लगाउने धरान–१५ का सन्तोष राई पक्राउ परेका थिए । उनीहरुमध्ये बैशाख ११ गतेको जिल्ला अदालत मोरङको आदेशबाट राई १ लाख रुपैयाँ र लिम्बू ४० हजार रुपैयाँ धरौटीमा तारेखमा छुटेका छन् ।

नक्कली परीक्षार्थी पक्राउ पर्ने क्रममा चैत २३ गते सुन्दरहरैंचा–१ को जनता माविबाट १५ जना एसईईको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका थिए । जिल्ला अदालत मोरङको बैशाख १२ को आदेशबाट उनीहरु सबै जनही ४० हजार रुपैयाँ धरौटीमा छुटेको कार्यालयले जनाएको छ ।

चैत २३ गते नै मोरङको केराबारी–७ मा रहेको सार्वजनिक माविबाट परीक्षा दिइरहेका १२६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । तीमध्ये नाबालक परीक्षार्थी जिल्ला अदालत मोरङको बैशाख १४ को आदेशबाट अभिभावकको जिम्मामा छुटेका र अन्य जनही ४० हजार रुपैयाँ धरौटीमा छुटेका कार्यालयले जनाएको छ ।

चैत २३ गते ग्रामथान–२ मा रहेको सरस्वती माविमा अर्काको नाममा एसईई परीक्षा दिने ५२ जना पक्राउ परेकामा जिल्ला अदालत मोरङको आदेशपछि उनीहरु छुटेका छन् । तीमध्ये नाबालक परीक्षार्थी अभिभावकको जिम्मामा छुटेका र अन्य जनही ४० हजार रुपैयाँ धरौटीमा छुटेका कार्यालयले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक