Connect with us
Advertisement

सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने

Published

on

काठमाडौंः यदि तपाईं पनि फेसबुक चलाउनुहुन्छ र तपाईंले फेसबुक अकाउन्ट सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने खुसीको खबर छ । किनकि तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ ।

हो, फेसबुकको मातृ कम्पनी मेटाले यस्ता फेसबुक प्रयोगकर्तालाई रकम दिने भएको छ । तर यसका लागि केही शर्त राखिएको छ ।

फेसबुकमाथि सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकालाई गलत तरिकाले आफ्ना ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी दिएको आरोप लागेको थियो । सोही मुद्दामा क्षतिपूर्ति प्रदान गर्नका लागि फेसबुक सहमत भएको छ । अर्थात् फेसबुकले उक्त घटनाबाट प्रभावित भएकाहरुका लागि कूल ७२ करोड ५० लाख डलर क्षतिपूर्ति दिँदैछ र तपाईं पनि सो रकमको एक हिस्सेदार बन्न सक्नुहुन्छ ।

फेसबुकमाथि डाटा चोरीको यो आरोप सन् २०१८ मा लागेको थियो र सोही विषयमा सन् २०१९ मा कम्पनीमाथि मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा फेसबुकले केवल लैंगिक तथा उमेरजस्ता प्राकृतिक डाटाहरु मात्र नभई प्रयोगकर्ताको तस्वीर, उनीहरुले बनाएका भिडियो, हेरेका भिडियो तथा निजी मेसेजहरु समेत शेयर गर्ने गरेको दाबी गरिएको थियो ।

कसरी गर्ने आवेदन ?
सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न सक्दछन् । यसका लागि आगामी अगष्ट २५ सम्ममा दाबी प्रस्तुत गरिसक्नु पर्नेछ ।

सन् २०२२ मा क्याम्ब्रिज एनालिटिकाका सम्बन्धमा परेको मुद्दामा एउटा सम्झौता भयो र त्यसलाई अदालतमा लगियो । त्यसपछि २२ डिसेम्बरसम्म लामो छलफल भयो । त्यसपछि वादी पक्षले सम्झौताको प्रारम्भिक स्वीकृतिका लागि एक प्रस्ताव पेश गर्यो ।

वादीको प्रतिनिधित्व गर्ने कानूनी फर्म केलर रोहरब्याक एलएलपीका के डेरेक लोसर तथा लेस्ली विवरका अनुसार सो ऐतिहासिक सम्झौताले फेसबुकको निकै जटिल तथा प्रमुख मानिएको प्राइभेसी सम्बन्धी मामिलामा सम्बन्धित पक्षलाई राहत प्रदान गर्नेछ ।

फेसबुकले प्रदान गर्ने रकम दाबी गर्न अनलाइन फारम भरेर पेश गर्नु पर्दछ । तर फेसबुकको उक्त रकममा दाबी गर्नका लागि माथि उल्लेखित अवधिमा कुनै समय तपाईं अमेरिकामा पुगेको हुनुपर्नेछ । यदि तपाईं त्यस अवधिमा कहिल्यै पनि अमेरिका जानुभएको छैन भने आवेदनका लागि अयोग्य हुनु हुनेछ । – एजेन्सीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा आमनेसामने

Published

on

नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।

त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन्

Continue Reading

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक