समाचार
निरौला वन्धू सेवा समाज जिल्ला कार्य समिति मोरङको अधिवेशन सम्पन्न

लेटाङ निरौला वन्धू सेवा समाज जिल्ला कार्य समिति मोरङको प्रथम जिल्ला अधिवेशन बेलबारीमा सम्पन्न भएको छ । अधिवेशनले उर्लाबारीका विश्वनाथ निरौलाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बेलबारीकी रमादेवी निरौला, सचिवमा लेटाङका रेवती रमण निरौला, सहसचिवमा पथरीशनिश्चरेका डम्बर प्रसाद निरौला र कोषाध्यक्षमा विराटनगरका नेत्र प्रसाद निरौला चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा यामनाथ निरौला मिक्लाजुङ, केदार निरौला सुन्दरहरैंचा, हिरण्य निरौला विराटनगर, अम्विका भण्डारी केराबारी, लक्ष्मी प्रसाद निरौला रंगेली, मातृका निरौला रतुवामाई, इश्वर निरौला विराटनगर, योगेन्द्र निरौला उर्लाबारी, प्रशान्त निरौला लेटाङ र राम प्रसाद निरौला बेलबारी लाई चयन गरिएको छ ।
जिल्ला कार्य समिति १९ सदस्यीय रहनेमा बाँकी ४ जना सदस्य नवनिर्वाचित कार्य समितिले चयन गर्ने जनाइएको छ । निरौला बन्धू सेवा समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौला, निरौला बन्धू सेवा समाजका केन्द्रीय महासचिव इन्द्र प्रसाद निरौला, सचिव बालकृष्ण निरौला र ओम प्रसाद निरौला, कोशी प्रदेश अध्यक्ष निलम निरौला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनमा मोरङका विभिन्न पालिकाबाट भेला भएका करिव एकसय जना निरौला बन्धूहरुको सहभागिता रहेको थियो ।
Facebook Comment
Banner
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
Banner
शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ । शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो । ‘क्याबिनेट र मन्त्रालयले गर्न सक्ने विषय राख्नुभयो । शिक्षा मन्त्रालयले आफ्ना शिक्षक कर्मचारीप्रती गर्न सक्ने कुरा रहेछ क्यारे । आजसम्म किन नगरेको रु शिक्षकका माग मन्त्रालयलाई थाहा छ । सोध्नै परेन नि ! वार्तामा सहभागी शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सरकार र शिक्षक महासंघबीच बिहीवार र शुक्रबार वार्ता भएको थियो ।
शिक्षा मन्त्रालयका अधिकारीले पनि तत्काल शिक्षा मन्त्रालय र मन्त्रlपरिषद्बाट निर्णय गर्न सकिने विषयमा कुराकानी भएको बताएको छ । ‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन् । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । प्रक्रियामा छौं । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनु पर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ’, मन्त्रालयका एक अधिकारिले भने ।
मन्त्रालयले गर्न सक्ने काम गरिदिए आफूहरू ऐन निर्माणका लागि मात्र दबाब दिने बताउछिन् पराजुली ।
‘मन्त्रालयले गर्न सक्ने कुरा गरिदिए बाँकी संसदले गर्ने कुरा त्यतातिर जोड गर्छौं । उपसमितिको छलफल अगाडि बढेको सुनेका छौं । हामीले चाहेको पनि त्यही हो। संसदको नियमित प्रक्रियाबाट हुन्छ कि के हुन्छ प्रक्रिया सुरुवात गरिदिएर टुंगो लगाए हामी किन सडकमा बसिरहन्छौं ?’ उनले भनिन् ।
ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारिन । ‘सरकारको कुरा आन्दोलन रोक्नुस भन्ने छ । ऐन जारी नभएसम्म सडकमै बस्छौं’, उनले भनिन् ।
सरकारसँग अर्को वार्ता तय नभएको उनले बताइन् । २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छ्न् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login