स्थानीय तह
सुन्दरहरैंचाको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो सुन्दरहरैंचा’ सार्वजनिक
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको छ । आइतबार सुकुना माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी कक्षा १ र २ को पाठ्यपुस्तक हामी र हाम्रो सुन्दरहरैंचा सार्वजनिक गरेको हो । पुस्तकको नगरप्रमुख केदारप्रसाद गुरागाई, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईँ, वडा अध्यक्ष रोशनप्रसाद ढकाल लगायतले पाठ्यपुस्तक सार्वजनिक गरेका हुन् ।

ती पुस्तकमा हाम्रो पालिका, कृषि पर्यटन र पूर्वाधार, संस्कृति, स्रोत सम्पदा, जैविक विविधता, स्थानीय व्यवसाय तथा स्वावलम्बन, स्थानीय संघसंस्था, स्वास्थ्य, सरसफाइ, व्यक्तित्व र रोजगारलगायतका एकाइ समावेश गरिएको छ । छुटेका विषयहरु विद्यार्थीको स्तरअनुरुप थप गर्दै र समावेश भएका विषयवस्तु परिमार्जित गर्दै लगिने बताइएको छ ।
पाठ्यपुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले यो पुस्तकबाट बालबालिकाले आफ्नो पालिकाको परिचय झल्काउने ठाउँ र आफू वरीपरी भएका विभिन्न विषयवस्तुका बारेमा बुझ्न सक्ने बताए ।
पाठ्यपुस्तकका लेखक सहप्राध्यापक गणेशप्रसाद दाहालले लेखनका क्रममा केही सामग्री छुटेमा आगामी प्रकाशनमा समेटेर लान सकिने धारण राखेका थिए । उनले यो ठाउँको परिवेशलाई अध्ययन गरेर पाठ्यपुस्तक तयार पारिएको बताउँदै यसले विद्यार्थीलाई नगरपालिकाको परिवेशलाई बुझ्न सहज हुने बताए ।
पाठ्यपुस्तकको भाषा सम्पादन मण्डलका संयोजक डा. दीपकप्रसाद न्यौपानेले कुन क्षेत्र पुस्तकमा समाबेश गर्ने भन्दा पनि विद्यालय वरपर वा समाजमा भएका त्यस्तै प्रकारका अन्य संरचना र मठमन्दिरका बारेमा विद्यार्थीलाई सिकाउन यो पुस्तकले प्रेरित गर्न सक्नुपर्ने बताए ।
पुस्तकको लेखकमा दाहालसहित भोजराज घिमिरे, यमबहादुर थापा, सूर्यबहादुर बस्नेत, डा. ईश्वरकुमार राई रहेका छन् । भाषा सम्पादकमा न्यौपानेसहित अनुप भट्टराई र वासुदेव अधिकारी रहेका छन् ।
कार्यक्रममा पाठ्यपुस्तकका लेखकहरु तथा भाषा सम्पादन मण्डलका सदस्यलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login