स्थानीय तह
सुन्दरहरैँचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा नागरिक सन्तुष्टि सर्भेक्षण सम्पन्न
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा नागरिक सन्तुष्टि सर्भेक्षण प्रतिवेदन कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित सिग्देल वन्धु प्रतिष्ठानको सभाहलमा शुक्रबार भएको कार्यक्रममा सार्वजनिक सुनुवाइ र नागरिक सन्तुष्टि सर्भेक्षणको प्रतिवेदन सार्वजनिक भएको हो ।

सार्वजनिक सुनुवाइमा नगरपालिकाले हालसम्म गरेका विकास निर्माणका काम, राजस्व सङ्कलनको लक्ष्य र सञ्चालन भएका कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नागरिकबाट आएका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरले डिजिटल पालिका निर्माण गर्ने बताए । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई सबैले निरुत्साहित गर्न प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो । नगर प्रमुख गुरागाईंले प्राथमिक तहको शिक्षालाई नमुना बनाएर जाने बताए । कृषिलाई व्यावसायिक बनाउन कृषक परिचयपत्र दिने काम भइरहेको तथा आगामी आर्थिक वर्षदेखि अभिलेख राख्ने कार्यक्रम ल्याइने उनले प्रष्ट्याए ।

कार्यक्रममा सहभागी चन्द्र कोइरालाले घर नक्सा शाखालाई डिजिटल बनाउन सुझाव दिएका थिए । यस्तै हरि गौतमले बुढीखोलामा बनेको घाट निर्माण कार्य रोकिएकोमा जिज्ञासा राखेका थिए । उनले नयाँ वृन्दावन जाने बाटो क्षेत्रमा चोरी हुने गरेको बताउँदै नगरको ध्यानाकर्षण गराएका थिए ।
मीना आचार्यले अपाङ्गता भवन सुन्दरहरैंँचा १२ जाने बाटो किन नबनेको भन्दै प्रश्न गरेकी थिइन् ।
वडा नं. ४ का प्रदीप पाण्डेले फोहोरमैला व्यवस्थापन गर्ने भन्दै बडहरामा डम्पीङ साइट राखिएको र अहिले समुदायमा असर पर्न थालेकोमा यसको समाधान कहिले हुने भन्दै प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख गुरागाईले फोहोर व्यवस्थापनका लागि फोहोरको वर्गीकरण गरेर जाने बताएका थिए ।

विकास निर्माणमा सबै क्षेत्रलाई समेटिने बताउँदै नगर अस्पतालमा डिजिटल ल्याबको व्यवस्था तथा भिडियो एक्सरे सहितको सुविधा दिइरहेको र अन्य अस्पतालले बिरामीलाई नगर अस्पतालमा पनि रेफर गर्न थालेको जानकारी नगर प्रमुख गुरागाईँले दिएका थिए ।
कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्री, नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष दधिराम ढुंगाना, नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका दुशान्त भट्टराई, व्यावसायिक कृषक हरि घिमिरे, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले सुझाव दिएका थिए ।
कार्यक्रममा नागरिक सन्तुष्टि सर्भेक्षण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । विभिन्न ५६ प्रश्नमा नगरवासीले दिएको जवाफ समेटिएको सो सर्भेक्षण प्रतिवेदन सार्वजनिक समारोहमा जनप्रतिनिधि, कर्मचारी, पूर्वाञ्चल विश्वविद्यालयका अस्पताल निर्देशक विपेश आचार्य, विद्युत प्रधिकरण बेलबारीका प्रमुख दधिराम भण्डारीलगायत नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Facebook Comment
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड
पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ । चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम अघि बढाइएको छ ।
सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशनसमेत दिए ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए ।
Tap TapRoyal enfield
सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपत् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
सभाले कार्यकारी परिषद्का लागि (तीन वर्षका लागि) तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । डिनबाट चिकित्साशास्त्र संकायकी डिन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ ।
पारित नीति, कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login