स्थानीय तह
सुन्दरहरैँचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा नागरिक सन्तुष्टि सर्भेक्षण सम्पन्न
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा नागरिक सन्तुष्टि सर्भेक्षण प्रतिवेदन कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित सिग्देल वन्धु प्रतिष्ठानको सभाहलमा शुक्रबार भएको कार्यक्रममा सार्वजनिक सुनुवाइ र नागरिक सन्तुष्टि सर्भेक्षणको प्रतिवेदन सार्वजनिक भएको हो ।

सार्वजनिक सुनुवाइमा नगरपालिकाले हालसम्म गरेका विकास निर्माणका काम, राजस्व सङ्कलनको लक्ष्य र सञ्चालन भएका कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नागरिकबाट आएका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरले डिजिटल पालिका निर्माण गर्ने बताए । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई सबैले निरुत्साहित गर्न प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो । नगर प्रमुख गुरागाईंले प्राथमिक तहको शिक्षालाई नमुना बनाएर जाने बताए । कृषिलाई व्यावसायिक बनाउन कृषक परिचयपत्र दिने काम भइरहेको तथा आगामी आर्थिक वर्षदेखि अभिलेख राख्ने कार्यक्रम ल्याइने उनले प्रष्ट्याए ।

कार्यक्रममा सहभागी चन्द्र कोइरालाले घर नक्सा शाखालाई डिजिटल बनाउन सुझाव दिएका थिए । यस्तै हरि गौतमले बुढीखोलामा बनेको घाट निर्माण कार्य रोकिएकोमा जिज्ञासा राखेका थिए । उनले नयाँ वृन्दावन जाने बाटो क्षेत्रमा चोरी हुने गरेको बताउँदै नगरको ध्यानाकर्षण गराएका थिए ।
मीना आचार्यले अपाङ्गता भवन सुन्दरहरैंँचा १२ जाने बाटो किन नबनेको भन्दै प्रश्न गरेकी थिइन् ।
वडा नं. ४ का प्रदीप पाण्डेले फोहोरमैला व्यवस्थापन गर्ने भन्दै बडहरामा डम्पीङ साइट राखिएको र अहिले समुदायमा असर पर्न थालेकोमा यसको समाधान कहिले हुने भन्दै प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख गुरागाईले फोहोर व्यवस्थापनका लागि फोहोरको वर्गीकरण गरेर जाने बताएका थिए ।

विकास निर्माणमा सबै क्षेत्रलाई समेटिने बताउँदै नगर अस्पतालमा डिजिटल ल्याबको व्यवस्था तथा भिडियो एक्सरे सहितको सुविधा दिइरहेको र अन्य अस्पतालले बिरामीलाई नगर अस्पतालमा पनि रेफर गर्न थालेको जानकारी नगर प्रमुख गुरागाईँले दिएका थिए ।
कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्री, नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष दधिराम ढुंगाना, नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका दुशान्त भट्टराई, व्यावसायिक कृषक हरि घिमिरे, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले सुझाव दिएका थिए ।
कार्यक्रममा नागरिक सन्तुष्टि सर्भेक्षण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । विभिन्न ५६ प्रश्नमा नगरवासीले दिएको जवाफ समेटिएको सो सर्भेक्षण प्रतिवेदन सार्वजनिक समारोहमा जनप्रतिनिधि, कर्मचारी, पूर्वाञ्चल विश्वविद्यालयका अस्पताल निर्देशक विपेश आचार्य, विद्युत प्रधिकरण बेलबारीका प्रमुख दधिराम भण्डारीलगायत नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login