Connect with us
Advertisement

नवौं इन्डो–नेपाल करातेको पहिलो दिनको प्रतियोगिताका सबै स्वर्ण नेपाललाई

Published

on

काठमाडौंः नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजी मुनि तौल समूहमा शिवपुरी डोजोका अरुण तामाङले स्वर्ण जिते । फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए ।

२५ केजी मुनि तौल समूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चौलागाईँलाई पराजित गरे । ३० केजी तौल समूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्ण पदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका सौरभ चौधरीलाई पराजित गरे ।

पुरुषकै ४० केजी मुनि तौल समूहमा मित्रपार्क डोजोका श्रीयश शाही पहिलो हुँदा फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाई पराजित गरे ।
पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको वर्चस्व रह्यो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राईले रजत र श्रीयस शाहीले कास्य जिते । अर्काे कास्य विजेता सीएमएसका पुजन तामाङ भइन् ।

महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन् । चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राईले कास्य जिते ।

महिला कुमुतेतर्फ ४० केजी मुुनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते ।

हात्तीगौंडास्थित नेशनल युनाइटेड स्कुलको प्राङ्गणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरी २ सय ५० भन्दा बढी खेलाडीहरु सहभागी छन् ।
प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोष्टर शहरमा सम्पन्न भएको युमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक विजेता बिमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक विजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा बाँकी स्पर्धाका खेलहरु आज भइरहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक