स्थानीय तह
सुन्दरहरैंचा वडा नम्बर १ को सार्वजनिक सुनुवाइ सम्पन्न
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ को सार्वजनिक सुनुवाइ वडा कार्यालयको सभाहलमा मंगलबार सम्पन्न भएको छ । वडा नम्बर १ का वडाध्यक्ष रामविश्वास खवासको अध्यक्षता तथा विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न ग्रामथानका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय हरैँचाका प्रमुख, सेवाग्राही वडावासी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित सहभागीले वडाको सर्भर डाउन हुने समस्या बारम्बार दोहोरिने गरेको, खानेपानीको साधारणसभा हुन ढिलाइ भइरहेको, आर्यघाट बनाउन उठाइएको रकममा अनियमितता भएको तथा आरोग्य स्वास्थ्य संस्थाले वडावासीसँग रकम उठाएर लामो समयदेखि बेपत्ता भएको लगायतका समस्या राखेका थिए ।
त्यस्तै, नगरले जोडेका सीसी क्यामेरा सञ्चालनमा आउन नसकेका, हरैंचाको बजार व्यवस्थापन समिति गठन हुन नसकेको, सिटी सफारी र अटोलाई पार्किङको समस्या रहेको तथा किसानहरुले समयमै मल पाउन नसकेकोलगायतका विषयमा उपस्थित वडावासीले वडाको ध्यानाकर्षण गराएका थिए ।
बजेट विनियोजन भए पनि केही बाटा एजिङ, ग्राभेल वा कालोपत्रे हुन नसकेका, गरीब परिवारको फुसको छानो बिस्थापित गर्ने कार्यक्रम सञ्चालन हुन नसकेको, चलिरहेको बाल विकास केन्द्र दर्ता हुन नसकेपछि मर्ज भएको र बाल विकास केन्द्र सञ्चालनमा रहेको भवन अलपत्र अवस्थामा रहेको, जग्गाको भूवर्गीकरणमा समस्या देखिएको तथा आवास योजनाअन्तर्गतका घर पनि मुसहर बस्तीमा बन्न नसकेकालगायतका विषयमा वडावासीले जिज्ञासा राखेका थिए ।
सहभागीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष खवास, वडा सदस्य ताराप्रसाद श्रेष्ठ, वडा सदस्य धारणा खनाललगायतले दिएका थिए ।
वडा सचिव अर्जुन कार्कीले चालु आर्थिक वर्षमा वडाले सम्पन्न गरेका, चालु अवस्थामा रहेका र सम्पन्न हुन बाँकी रहेका योजनाको बारेमा जानकारी दिएका थिए । पञ्जीकरण शाखाअन्तर्गत भएका दर्ता विवरण र सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्याको बारेमा कार्कीले उपस्थित वडावासीलाई जानकारी गराएका थिए ।
सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवाप्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाव फरफारकलगायत गाउँपालिकाबाट लिइएका कर तथा शुल्कहरुप्रति प्राप्त जनगुनासोहरुलाई सार्वजनिक थलोमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडा कार्यालयबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार संस्कार बसाउने उद्देश्यले सञ्चालन गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हरैंचा, विभिन्न ग्रामथान, विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् स्थानीय संघ÷सस्थाका प्रतिनिधिहरु, ज्येष्ठ नागरिक समाज, आमा समूह, भजन समूहहरु, बाल सञ्जाल, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login