स्थानीय तह
सुन्दरहरैंचा वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न
विराटचोकः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीयले वडाबाट भए गरेका गतिविधि, विकास निर्माण, योजना सञ्चालन लगायतका विषयमा चासो राखेका थिए ।
खासगरी मृगौलियाको समस्याको रुपमा रहेको खानेपानीका विषयमा नागरिकको चासो थियो । ९ वर्ष अघि खानेपानी ट्याङ्की बने पनि सञ्चालन नहुनुको कारणका विषयमा सो आयोजनाका अध्यक्षमाथि स्थानीयले प्रश्न गरेका थिए । संस्थाका अध्यक्ष रामचन्द्र माझीले पाइप लगाउने कार्य चाँडै हुने र यो आयोजना सञ्चालन गर्न सकिने बताउँदै स्थानीय सरकारले साझेदारी गर्नुपर्ने बताएका थिए ।
वडा अध्यक्ष विवश प्रधानले खानेपानी उपभोक्ता समितिको यो पुरानो समिति भएकाले त्यसबाट काम नहुने बताउँदै नयाँ समिति चयन गरेर योजनालाई सफल बनाउनुपर्ने धारणा राखेका थिए ।
सहभागी सुरेन्द्र बस्नेतले दुई खाले शिक्षा सञ्चालन भएकाले यसलाई हटाउन सुझाव दिएका थिए । सामुदायिक विद्यालयमा पैसा तिरेर पढ्ने र नतिरी पढ्ने गरेकाले यसले समस्या ल्याएको उनको भनाइ थियो । यस्तै इशान राईले आफ्नो ठाउँ चिनाउने खालका योजनालाई प्राथामिकता दिनुपर्ने बताएका थिए ।

‘हामी अन्यन्त्र गयौँ भने विराटनगर, सलकपुर भन्ने गरेको पाइन्छ’, उनले भने, ‘हामीले मृगौलिया भनेर भन्न सक्ने खालको बनाउनुपर्छ ।’ कार्यक्रममा हर्कमान पाहिम, सुमन दुलाललगायतले प्रश्न गरेका थिए ।
वडाध्यक्ष प्रधानले आगामी आर्थिक वर्षको बजेट केही घटेर आउने भएता पनि सबैको सुझव अनुसार कार्यक्रम गरिने बताए ।
कार्यक्रममा वडा सचिव गुणनिधि दाहालले चालु आर्थिक वर्षमा भएका योजना, सामाजिक सुरक्षा, पञ्जीकरण राजस्व लगायतको प्रगति विवरण प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षातर्फ ७ सय १७ जना लाभग्राहीले सेवा लिइरहेको उनले बताएका थिए ।
यस्तो थियो वडा सचिव दाहालले प्रस्तुत गरेको विवरणः
सामाजिक विकाससम्बन्धी वडामा १२ वटा कार्यक्रमको सम्झौता भएकोमा ८ वटा कार्यक्रमको भुक्तानी भइसकेको, २ वटा कार्यक्रमको भुक्तानी हुन बाँकी रहेको र २ वटा कार्यक्रम हुँदै गरेको उनले जानकारी दिए ।
त्यस्तै, जेठ १८ गतेसम्ममा १५ लाख ६३ हजार ९ सय ५ रुपैयाँ सम्पत्ति कर सङ्कलन भएको र सोही अवधिसम्ममा थप ३५ लाख ९० हजार ८ सय ९५ रुपैयाँको नगद गरी ५१ लाख ५४ हजार ८ सय १ रुपैयाँको वित्तीय कार्यप्रगतिको अवस्था रहेको वडा सचिव दाहालले वडावासीलाई जानकारी दिए ।
सेवा प्रवाहतर्फ ७७५ वटा घरबाटो सिफारिश, ६०३ वटा चार किल्ला सिफारिश, ३३५ नाता प्रमाणित, ५०७ नागरिकता सिफारिश, ६ व्यवसाय दर्ता सिफारिश, ५ घरनक्सा सिफारिश, १७० जन्मदर्ता, ४६ मृत्युदर्ता, ८७ विवाहदर्ता, १६० बसाइँसराइँ, ६ सम्बन्ध विच्छेद र ६९० अन्य सिफारिश गरिएको वडा सचिव दाहालले जनाए ।
त्यस्तै, सामाजिक सुरक्षा भत्ता लिने लाभाग्राहीको संख्या ७१७ जना रहेकोमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक रहेको उनले तथ्याङ्क प्रस्तुत गरे । दलित ज्येष्ठ नागरिक २० जना, एकल महिला ५९ जना, विधवा महिला ९९ जना, पूर्ण अपाङ्ग २८ जना, अति अशक्त अपाङ्ग ३९ जना र दलित बालबालिका २० जना रहेको उनले जानकारी दिए ।
वडा सचिव दाहालले वडामा हुँदै गरेका भौतिक विकासतर्फका थप १३ वटा आयोजनाको पनि प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एडभरटाइजिङ प्रालिले गरेको थियो । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष प्रधानले गरेका थिए भने सहजीकरण ज्ञाननाथ ढकालले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि कर्मचारी, विभिन्न राजनीतिक दलका व्यक्ति लगायत सरोकारवला निकायका प्रतिनिधि, स्थानीयवासी र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login