स्थानीय तह
सुन्दरहरैंचा वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न
विराटचोकः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीयले वडाबाट भए गरेका गतिविधि, विकास निर्माण, योजना सञ्चालन लगायतका विषयमा चासो राखेका थिए ।
खासगरी मृगौलियाको समस्याको रुपमा रहेको खानेपानीका विषयमा नागरिकको चासो थियो । ९ वर्ष अघि खानेपानी ट्याङ्की बने पनि सञ्चालन नहुनुको कारणका विषयमा सो आयोजनाका अध्यक्षमाथि स्थानीयले प्रश्न गरेका थिए । संस्थाका अध्यक्ष रामचन्द्र माझीले पाइप लगाउने कार्य चाँडै हुने र यो आयोजना सञ्चालन गर्न सकिने बताउँदै स्थानीय सरकारले साझेदारी गर्नुपर्ने बताएका थिए ।
वडा अध्यक्ष विवश प्रधानले खानेपानी उपभोक्ता समितिको यो पुरानो समिति भएकाले त्यसबाट काम नहुने बताउँदै नयाँ समिति चयन गरेर योजनालाई सफल बनाउनुपर्ने धारणा राखेका थिए ।
सहभागी सुरेन्द्र बस्नेतले दुई खाले शिक्षा सञ्चालन भएकाले यसलाई हटाउन सुझाव दिएका थिए । सामुदायिक विद्यालयमा पैसा तिरेर पढ्ने र नतिरी पढ्ने गरेकाले यसले समस्या ल्याएको उनको भनाइ थियो । यस्तै इशान राईले आफ्नो ठाउँ चिनाउने खालका योजनालाई प्राथामिकता दिनुपर्ने बताएका थिए ।

‘हामी अन्यन्त्र गयौँ भने विराटनगर, सलकपुर भन्ने गरेको पाइन्छ’, उनले भने, ‘हामीले मृगौलिया भनेर भन्न सक्ने खालको बनाउनुपर्छ ।’ कार्यक्रममा हर्कमान पाहिम, सुमन दुलाललगायतले प्रश्न गरेका थिए ।
वडाध्यक्ष प्रधानले आगामी आर्थिक वर्षको बजेट केही घटेर आउने भएता पनि सबैको सुझव अनुसार कार्यक्रम गरिने बताए ।
कार्यक्रममा वडा सचिव गुणनिधि दाहालले चालु आर्थिक वर्षमा भएका योजना, सामाजिक सुरक्षा, पञ्जीकरण राजस्व लगायतको प्रगति विवरण प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षातर्फ ७ सय १७ जना लाभग्राहीले सेवा लिइरहेको उनले बताएका थिए ।
यस्तो थियो वडा सचिव दाहालले प्रस्तुत गरेको विवरणः
सामाजिक विकाससम्बन्धी वडामा १२ वटा कार्यक्रमको सम्झौता भएकोमा ८ वटा कार्यक्रमको भुक्तानी भइसकेको, २ वटा कार्यक्रमको भुक्तानी हुन बाँकी रहेको र २ वटा कार्यक्रम हुँदै गरेको उनले जानकारी दिए ।
त्यस्तै, जेठ १८ गतेसम्ममा १५ लाख ६३ हजार ९ सय ५ रुपैयाँ सम्पत्ति कर सङ्कलन भएको र सोही अवधिसम्ममा थप ३५ लाख ९० हजार ८ सय ९५ रुपैयाँको नगद गरी ५१ लाख ५४ हजार ८ सय १ रुपैयाँको वित्तीय कार्यप्रगतिको अवस्था रहेको वडा सचिव दाहालले वडावासीलाई जानकारी दिए ।
सेवा प्रवाहतर्फ ७७५ वटा घरबाटो सिफारिश, ६०३ वटा चार किल्ला सिफारिश, ३३५ नाता प्रमाणित, ५०७ नागरिकता सिफारिश, ६ व्यवसाय दर्ता सिफारिश, ५ घरनक्सा सिफारिश, १७० जन्मदर्ता, ४६ मृत्युदर्ता, ८७ विवाहदर्ता, १६० बसाइँसराइँ, ६ सम्बन्ध विच्छेद र ६९० अन्य सिफारिश गरिएको वडा सचिव दाहालले जनाए ।
त्यस्तै, सामाजिक सुरक्षा भत्ता लिने लाभाग्राहीको संख्या ७१७ जना रहेकोमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक रहेको उनले तथ्याङ्क प्रस्तुत गरे । दलित ज्येष्ठ नागरिक २० जना, एकल महिला ५९ जना, विधवा महिला ९९ जना, पूर्ण अपाङ्ग २८ जना, अति अशक्त अपाङ्ग ३९ जना र दलित बालबालिका २० जना रहेको उनले जानकारी दिए ।
वडा सचिव दाहालले वडामा हुँदै गरेका भौतिक विकासतर्फका थप १३ वटा आयोजनाको पनि प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एडभरटाइजिङ प्रालिले गरेको थियो । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष प्रधानले गरेका थिए भने सहजीकरण ज्ञाननाथ ढकालले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि कर्मचारी, विभिन्न राजनीतिक दलका व्यक्ति लगायत सरोकारवला निकायका प्रतिनिधि, स्थानीयवासी र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login