खेलकुद
राइजिङ स्टार टेनिस प्रतियोगिता हुने
काठमाडौंः सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो । जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् ।
यस्तै मेन्स र वुमन्सको सिंगल्स÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरी ११ विधा समावेश गरिएको छ ।
मेन्स सिंगल्स र वुमन्स सिंगल्सका विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले बताएका छन् । जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login