कोशी प्रदेश
खाद्य प्रविधि कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाल सम्मानित
विराटनगरः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको प्रयोगशालालाई अन्तरराष्ट्रिय प्रयोगशाला प्रत्यायन मान्यता दिलाउन नेतृत्व गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजाल सम्मानित भएका छन् ।
प्रयोगशालालाई आईएसओ १७०२५ः२०१७ को मान्यता दिलाउन भूमिका खेलेको भन्दै रिजालसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उप–महानिर्देशक तथा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका प्रमुख शैलेशकुमार झालाई पनि सम्मान गरिएको छ ।
विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले रिजाल र झालाई सम्मान गरेका हुन् । जुन ७ लाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ नाराका साथ सो दिवस मनाइएको छ ।
के हो प्रयोगशाला एक्रीडीटेशन ?
कुनै पनि प्रयोगशालाले खाद्यवस्तु परीक्षण र क्यालिब्रेसन गर्नको लागि योग्य, सक्षम र अन्तरराष्ट्रिय मापदण्डको पालना गरेको प्रमाणित गर्ने औपचारिक मान्यता हो प्रयोगशाला एक्रीडीटेशन । प्रयोगशालाले दाबी गरेबमोजिम सक्षम रहेको नरहेको भनी आइएसओ १७०२५ः२०१७ को मानक अनुसार जाँच गरिन्छ । प्रयोगशाला एक्रीडीटेशन भएपछि सामान्यत संसारभर सो प्रयोगशालाबाट जारी गरिएको विश्लेषण प्रतिवेदनलाई मान्यता दिइन्छ । नेपालमा प्रयोगशाला एक्रीडीटेशनको अडिट भारतको नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबीएल) ले गरेको हो ।
२०२२ डिसेम्बर ३१ मा एनएबीएलले विराटनगर प्रयोगशालालाई उक्त प्रमाणपत्र प्रदान गरेको हो । प्रयोगशालाका क्वालिटी म्यानेजर निरत कटुवालका अनुसार प्रयोगशालाले ७ वटा खाद्यवस्तुका विभिन्न २३ वटा पारामिटरका लागि अन्तरराष्ट्रिय मान्यता पाएको र आगामी वर्ष अन्य पारामिटरमा पनि मान्यता थप्ने गृहकार्य भइरहेको छ ।
हाल प्रयोगशालाले चिया तथा कफी, मसला, खाद्यान्न÷दलहन पदार्थ, मह, फलफूल तथा सागपात, तेल तथा घिउ र दूध तथा दुग्ध पदार्थका विभिन्न २३ वटा पारामिटरमा मान्यता पाएको हो । यसअघि सन् २०१२ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला (हाल राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला) ले एक्रिड़ीटेशन प्राप्त गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले हाललाई कोशी प्रदेशका निर्यातयोग्य खाद्यवस्तुमा केन्द्रित गरेर एक्रीडिटेशनको लागि प्राप्त गरिएको र कोशी प्रदेशका उद्योगबाट निर्यात प्रोत्साहन हुने विश्वास ब्यक्त गरेका छन् । कार्यालय प्रमुख रिजाल एक्रीडिटेशनमा पारामिटर थप गर्नका लागि जनशक्ति तथा अन्य आर्थिक तथा प्राविधिक स्रोतको सुनिश्चितता प्रमुख चुनौती रहेको बताउँछन् ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login