शिक्षा / स्वास्थ्य
एन प्याब्सनले गरेको हस्तलेखन प्रतियोगिताः नेपालीमा सुन्दरबाटिका र अंग्रेजीमा हिमालय उत्कृष्ट
विराटचोकः निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एनप्याब्सन) सुन्दहरैंचाको आयोजनामा भएको हस्तलेखन प्रतियोगितामा नेपाली तर्फ सुन्दरहरैंचा ७ गोठगाउँको सुन्दरवाटिका र अंग्रेजीतर्फ हिमालय एकेडेमी उत्कृष्ट भएका छन् ।

शुक्रबार सम्पन्न प्रतियोगितामा सुन्दरबाटिका एकेडेमीमा कक्षा ५ मा अध्ययनरत केन्द्रिका फुयल पहिलो भएकी छिन् । हिमालय इंलिस स्कुलमा कक्षा ५ मा अध्यनरत महेश ढुङ्गाना दोस्रो भएका छन् । कक्षा ४ मा रेश्नल एकेडेमीमा अध्ययनरत संजिसा श्रेष्ठ तेस्रो भएकी छिन् । बाल बगैंचा मन्टेश्वरीका दिप्सन राईले सान्त्वना स्थान हात पारे ।
त्यस्तै, अंग्रेजी भाषाको हस्तलेखन प्रतियोगितामा हिमालय इग्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत मौसम सुन्दास पहिलो भएका छन् ।
रेश्नल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत वर्षा लम्साल दोस्रो र सुन्दरवाटिका एकेडेमीमा कक्षा ४ मा अध्ययनरत प्रशंसा रिजाल तेस्रो भएकी छिन् । ज्ञानसागर एकेडेमीकी युनिसा कार्कीले सान्त्वना स्थान पाएकी छिन् ।
एन प्याब्सनमा आबद्ध १५ वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको कार्यक्रम संयोजक विनोद फुयाँलले जनाए ।
प्रतियोगितामा प्रत्येक विद्यार्थीहरूलाई १ घण्टाको समय दिइएको थियो । प्रतियोगिताका विजयी विद्यार्थीलाई सोही दिन पुरस्कार प्रदान गरिएको थियो ।

Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login