Connect with us
Advertisement

मादी नगरपालिकाकाे फाबिङमा नयाँ स्वास्थ्य चाैकी सङ्गै वर्थिङ सेन्टर उद्घाटन

Published

on

सङ्खुवासभा  मादी नगरपालिका वडा नम्बर ९ फाबिङमा वर्थिङ सेन्टरको बिधिवत रुपमा उद्घाटन भएको छ । मादी नगरपालिकाका नगर प्रमुख जीवन लिंथेपले  सुरक्षित प्रसुतीकोलागि बर्थिङ सेन्टर साथै नयाँ स्वास्थ्य चाैकी भवनको संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

नगर प्रमुख लिंथेपले  फाबिङमा बर्थिङ सेन्टरको सुरुवातसगै फाबिङ बासीलाई सुरक्षित प्रसुती गराउन सहज हुने  बताए ।  बिगतमा मावदीन तथा नगर अस्पताल मादी आउनु पर्ने समस्या भएकाेमा अब याे सेवाकालागि यति टाढा जानुपर्ने बाध्यताकाे अन्त्य भएकाे उल्लेख गरे। तालिम प्राप्त सक्षम  चिकित्सकबाट सहज रूपमा सेवा प्रदान हुनेमा ढुक्क भएर सेवा लिन समेत सबैलाई आग्रह गर्दै नियमित  स्वास्थ जाँचमा स्वास्थ चाैकी गई आफ्नो र बच्चाको स्वास्थमा ध्यान दिन समेत नगरप्रमुखले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर उप-प्रमुख सुनिता दाहालले अझै पनि स्वास्थ्य सस्थामा आउन लजाउनु र डराउनु गलत भएको भन्दै निर्धक्क रुपमा आइ स्वास्थ्य जाँच गर्न सबैलाई आग्रह  गरेकिछन् ।  आफूले उप-प्रमुख सङ्ग सुत्केरी भेटघाटमा जस्तो सुकै अवस्थामा पनि सुत्केरी महिला तथा बच्चाको अवस्था बुझ्न घर घर आउने समेत बताईन् ।

यसैगरी कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखा प्रमुख पोषराज श्रेष्ठले आवश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीमा उपलब्ध रहेको बताए । स्वास्थ चाैकीमा आइ प्रसुती गराएमा निशुल्क रुपमा सेवा प्रदान गराउनुका साथै सुत्केरी महिलालाई नेपाल सरकार ले उपलब्ध गराउने रकम समेत प्रदान गरी एकोहोरो एम्बुलेन्स भाडा जुन सुकै ठाउँ मा पुर्याउदा समेत नगरपालिकाले उपलब्ध गराउने बताए । मादी नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष  लक्ष्मी बा.लिम्बूले नगरपालिकाले महत्त्वपूर्ण सेवा उपलब्ध गराएकोमा धन्यवाद दिदै  जग्गा दान गर्ने दाता हरुलाइ प्रमाणपत्र तथा खदाले सम्मान गरिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक