Connect with us
Advertisement

नगर प्रमुख गुरागाईंको पहलमा सुन्दरहरैंचाका ३ ठूला योजना संघीय सरकारको बजेटमा समावेश

Published

on

विराटचाेक  मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन् । नगर प्रमुख गुरागाईंको पहलमा गत जेठ १५ गते सार्वजनिक भएको आगामि आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजनाका रुपमा समावेश भएका हुन् । जसमा सुन्दरहरैंचा ७ स्थित गछिया खोलाको तटबन्धन निर्माण पनि परेको छ । नगर प्रमुख गुरागाईंको प्रत्यक्ष सहभागितामा जनश्रमदान तथा नगरपालिकाको समेत लगानीमा आंशिक क्षेत्रमा तटबन्धन निर्माण गरिएको गछिया खोलामा थप क्षेत्रमा तटबन्धन निर्माण गर्नका लागि नगर प्रमुख गुरागाईंले योजना पार्न सफल हुनु भएको हो ।

 यस्तै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ स्थित कालिखोला धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि समेत नगर प्रमुख गुरागाईंले पहल गरि बहुवर्षिय योजनामा पार्न सफल हुनु भएको छ । निकै पहिलेदेखि नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको भएपनि पछिल्लो समय ओझेलमा पर्दै आएको कालिखोला धर्मिक पर्यटकीय क्षेत्रलाई नगर प्रमुखले विशेष प्राथमिकतामा राखेर योजनामा समावेश गर्न पहल गर्नु भएको थियो । यसैगरि उहाँले नगरमा खेल क्षेत्रको विकासका लागि सुन्दरहरैंचा ९ स्थित इन्द्रपुर रंगशालालाई पनि बजेटमा समावेश गर्न सफल हुनु भएको छ । सुन्दरहरैंचाको खेल क्षेत्रको विकासका लागि निकै महत्वका साथ हेरिएको इन्द्रपुर रंगशालालाई पनि नगर प्रमुखले प्राथमिकतामा राखेर बजेटमा समावेश गर्न पहल गर्नु भएको थियो ।

जेठ १५ गते प्रस्तुत गरिएको आगामि आर्थिक वर्षको बजेटमा नयाँ योजना निकै कम रहेको अवस्थामा समेत नगर प्रमुख गुरागाईंले सुन्दरहरैंचाका ३ वटा योजना समावेश गर्न सफल हुनु भएको हो । बजेट बन्नु अघि नै राजधानी गएर सम्बन्धित व्यक्तिहरुसँग भेटघाट गरि पहल गरेर बजेट पार्न सफल हुनु भएको नगर प्रमुखका स्वकिय सचिव लक्ष्मी पोखरेलले जानकारी दिनुभयो । नगर प्रमुख गुरागाईंले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, युवा तथा खेलकुद मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिवलाई मन्त्रालयमै पुगेर योजनाको डिपिआर हस्तान्तरण गर्नु भएको थियो । यता नगरमा अघिल्लो आर्थिक वर्षको दायीत्व बढी हुँदा नयाँ ठूला योजना बनाउने संभावना कम देखेपछि नगर प्रमुख गुरागाईं बजेट निर्माणताका राजधानी जानु भएको थियो । 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक