Connect with us
Advertisement

सृजना सावउसका अध्यक्ष लिम्बू भन्छन् ‘विधि र प्रक्रियामाथि कुठाराघात गर्ने काम हुँदैछ’

Published

on

विराटचाेक :  बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष देउमान लिम्बूले विधि र प्रक्रियामाथि कुठाराघात गर्ने काम भइरहेको आरोप लगाएका छन् ।  भाउन्नेमा पत्रकार सम्मेलन गरेर नवनिर्वाचित अध्यक्ष लिम्बूले यस्तो आरोप लगाएका हुन् ।जेठ २७ गते शनिवार मात्र निर्वाचन प्रक्रियाबाट लिम्बू अत्याधिक मतबाट निर्वाचित भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष लिम्बूले भने ‘अत्याधिक मतबाट म अध्यक्ष पदमा निर्वाचित भएको हुँ । तर निर्वाचित हुनसाथ निर्वाचन प्रक्रियामा भाग लिएर पराजय बेहोरेका मेरा प्रतिद्वन्दीबाट कुर्सी तोडफोड गर्ने काम भयो । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई घरघरमा गएर राजीनामा गर्न लगाउने काम भयो । यहाँ विधि र प्रक्रिया माथि खिल्ली उडाएर उपभोक्ता माथि कुठाराघात गर्ने प्रयास भइरहेको छ तर १३ सदस्सीय समितिमा बहुमत सदस्यको समर्थन मसँग रहेको छ ।’

जेठ ३२ गते उपाध्यक्षसहित राजीनामा गरेका भनिएकामध्ये कोषाध्यक्षसहित तीन जनाले भने आफूहरूको इच्छाविपरित राजीनामा गराइएको भन्दै निर्वाचित पद कायम गरी पाउँ भनी निवेदन दिएको पनि अध्यक्ष लिम्बूले बताए । पत्रकार सम्मेलनमा तीनै जनाको निर्वाचित पद कायम गरी पाउ भनी दिएको निवेदनको प्रतिलिपिसमेत उपलब्ध गराइएको थियो । निर्वाचित भएको नयाँ समितिले बजबुजारत समेत गर्न पाएको छैन् । उता नवनिर्वाचित अध्यक्षमाथि अविस्वासको प्रस्तावसमेत पेस भएको छ । यसरी काम नै नगरी अविश्वासको प्रस्ताव ल्याउनु कारण के हो भनेर उनले पत्रकार सम्मेलनमार्फत प्रश्नसमेत गरेका छन् । उनले भनेका छन् ‘निर्वाचनपश्चात् मैले बजबुजारतसमेत गर्न पाएको छैन । र कुनै पनि कामकारबाही नै नगरी अविश्वासको प्रस्ताव के कारणले हालियो ?’

उनले यसरी बहुसङ्ख्यक परिषद् सदस्यबाट निर्वाचित भएर आएको टिमलाई फेल पार्ने र आफूअनुकुल समिति बनाउने प्रपञ्च भइरहेको बताए । आफू र आफ्नो पक्षमा उभिनेको सुरक्षा खतरा बढेको पनि उनको बुझाइ रहेको छ । सुरक्षा निकाय, संचाकर्मी तथा स्थानीयप्रति लक्षित गर्दै उनले भने ‘हाम्रो सुरक्षा खतरा बढेको छ । तपाईँहरूसँग सहयोगको अपेक्षा गरेको छु ।’

विभिन्न २१ निर्वाचन क्षेत्रबाट आएका ६२ जना परिषद् सदस्यहरूको निर्वाचन प्रक्रियाबाट उनी अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए । लिम्बूले ३४ मत ल्याउँदा उनका प्रतिद्वन्धी विमल लिम्बू र विगेन्द्र याखाले क्रमश : १८ र ७ मत प्राप्त गरेका थिए ।

सृजना सामुदायिक बन उपभोत्ता समूहमा निर्वाचन भएको एक साता नबित्दै ३२ जनाको हस्ताक्षर रहेको अध्यक्षबिरुद्ध अविस्वासको प्रस्ताव पेस गर्दै नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु गर्न भनिएको छ । मूल समितिका अध्यक्षलाई सम्वोधन गरी असार ५ गतेको मितिमा लेखिएको उक्त अविश्वासको प्रस्तावमा ३७ जनाको नाम उल्लेख भए पनि ५ जनाले भने हस्ताक्षर गरेको देखिँदैन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक