Banner
सृजना सावउसका अध्यक्ष लिम्बू भन्छन् ‘विधि र प्रक्रियामाथि कुठाराघात गर्ने काम हुँदैछ’
विराटचाेक : बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष देउमान लिम्बूले विधि र प्रक्रियामाथि कुठाराघात गर्ने काम भइरहेको आरोप लगाएका छन् । भाउन्नेमा पत्रकार सम्मेलन गरेर नवनिर्वाचित अध्यक्ष लिम्बूले यस्तो आरोप लगाएका हुन् ।जेठ २७ गते शनिवार मात्र निर्वाचन प्रक्रियाबाट लिम्बू अत्याधिक मतबाट निर्वाचित भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष लिम्बूले भने ‘अत्याधिक मतबाट म अध्यक्ष पदमा निर्वाचित भएको हुँ । तर निर्वाचित हुनसाथ निर्वाचन प्रक्रियामा भाग लिएर पराजय बेहोरेका मेरा प्रतिद्वन्दीबाट कुर्सी तोडफोड गर्ने काम भयो । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई घरघरमा गएर राजीनामा गर्न लगाउने काम भयो । यहाँ विधि र प्रक्रिया माथि खिल्ली उडाएर उपभोक्ता माथि कुठाराघात गर्ने प्रयास भइरहेको छ तर १३ सदस्सीय समितिमा बहुमत सदस्यको समर्थन मसँग रहेको छ ।’
जेठ ३२ गते उपाध्यक्षसहित राजीनामा गरेका भनिएकामध्ये कोषाध्यक्षसहित तीन जनाले भने आफूहरूको इच्छाविपरित राजीनामा गराइएको भन्दै निर्वाचित पद कायम गरी पाउँ भनी निवेदन दिएको पनि अध्यक्ष लिम्बूले बताए । पत्रकार सम्मेलनमा तीनै जनाको निर्वाचित पद कायम गरी पाउ भनी दिएको निवेदनको प्रतिलिपिसमेत उपलब्ध गराइएको थियो । निर्वाचित भएको नयाँ समितिले बजबुजारत समेत गर्न पाएको छैन् । उता नवनिर्वाचित अध्यक्षमाथि अविस्वासको प्रस्तावसमेत पेस भएको छ । यसरी काम नै नगरी अविश्वासको प्रस्ताव ल्याउनु कारण के हो भनेर उनले पत्रकार सम्मेलनमार्फत प्रश्नसमेत गरेका छन् । उनले भनेका छन् ‘निर्वाचनपश्चात् मैले बजबुजारतसमेत गर्न पाएको छैन । र कुनै पनि कामकारबाही नै नगरी अविश्वासको प्रस्ताव के कारणले हालियो ?’
उनले यसरी बहुसङ्ख्यक परिषद् सदस्यबाट निर्वाचित भएर आएको टिमलाई फेल पार्ने र आफूअनुकुल समिति बनाउने प्रपञ्च भइरहेको बताए । आफू र आफ्नो पक्षमा उभिनेको सुरक्षा खतरा बढेको पनि उनको बुझाइ रहेको छ । सुरक्षा निकाय, संचाकर्मी तथा स्थानीयप्रति लक्षित गर्दै उनले भने ‘हाम्रो सुरक्षा खतरा बढेको छ । तपाईँहरूसँग सहयोगको अपेक्षा गरेको छु ।’
विभिन्न २१ निर्वाचन क्षेत्रबाट आएका ६२ जना परिषद् सदस्यहरूको निर्वाचन प्रक्रियाबाट उनी अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए । लिम्बूले ३४ मत ल्याउँदा उनका प्रतिद्वन्धी विमल लिम्बू र विगेन्द्र याखाले क्रमश : १८ र ७ मत प्राप्त गरेका थिए ।
सृजना सामुदायिक बन उपभोत्ता समूहमा निर्वाचन भएको एक साता नबित्दै ३२ जनाको हस्ताक्षर रहेको अध्यक्षबिरुद्ध अविस्वासको प्रस्ताव पेस गर्दै नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु गर्न भनिएको छ । मूल समितिका अध्यक्षलाई सम्वोधन गरी असार ५ गतेको मितिमा लेखिएको उक्त अविश्वासको प्रस्तावमा ३७ जनाको नाम उल्लेख भए पनि ५ जनाले भने हस्ताक्षर गरेको देखिँदैन ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login