Banner
आज रास्वपाको पहिलो वार्षिकोत्सव, दिउँसो प्रधानमन्त्रीसहित चियापान
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसको अवसरमा आज ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।बुर्लाकोटीका अनुसार कर्मचारीहरुलाई भने निमन्त्रणा गरिएको छैन। दिउँसो १ बजेदेखि चियापान राखिएको छ । यस्तै साझ देशभर घण्टी बजाउने कार्यक्रम राखिएकाे जनाएकाे छ ।
Facebook Comment
Banner
रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।
Banner
निगमका पाइलटको हड्ताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र
काठमाडौंबाट भारतको मुम्बई जान आइतबार बिहान १० नबज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ४९ यात्रु अहिलेसम्म अलपत्र छन् ।
उनीहरु सबैको टिकट नेपाल वायुसेवा निगमको न्यरोबडी जहाजको हो । निगमसँग यतिबेला जहाज अभाव होइन । पाइलटको अभाव हो ।
करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केहि दिनदेखि हड्ताल सुरु गरेका कारण शुक्रबार यता दर्जनौं उडान प्रभावित हुन थालेका छन् ।
‘यात्रुले विमानस्थलमा तोडफोड गर्लान् जस्तो भयो, निगमका कर्मचारी भागभाग भए, अहिले केहीलाई विमानस्थलभित्रैको लाउन्जमा राखिएको छ, केहीलाई रेष्टुरेन्टमा, जहाज उड्छ भनेर आश्वासन दिइएको छ तर कोही छैनन त्यहाँ,’ काठमाडौं विमानस्थलको टर्मिनल कार्यालयका एक अधिकृतले कान्तिपुरसँग भने ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले निगमको विमानस्थलस्थित कार्यालयलाई यात्रु उडान निर्देशन दिइसकेको बताए । ‘पैसा तिरेर गन्तव्यमा जाने यात्रुलाई अलपत्र नपार्नु भनिसकेको छु,’ महाप्रबन्धक निरौलाले भने । उनका अनुसार, शुक्रबार बिहान ९ बजे हङकङ उड्ने जहाजको क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि त्यो जहाज ५ घन्टा डिले भएको थियो ।
(source:kantipur online)
Banner
कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा
धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
(koshikhabar.com)
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login