स्थानीय तह
केराबारी गाउँपालिकाको १२ औं गाउँ सभा, नीति तथा कार्य योजना प्रस्तुत
केराबारीः मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा नीति तथा प्रस्तुत कार्यक्रम भएको छ ।
१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो ।
गाउँपालिकाको ”कृषि पर्यटन सहितको पुर्ण पुर्वाधार समृद्ध केराबारी हाम्रो आधार ” भन्ने मुल नारा सहित गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा शुक्रबार हुने केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बताए ।
श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम लागतमा श्रममुलक योजनाहरू सञ्चालन गरीने , खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथ सामुहिक खेती गरी गाउँपालिकाको आन्तरीक श्रोतलाई मजबुत गर्दै लगिने , केराबारी वजार क्षेत्रमा सार्वजनिक शौचालय तथा बसपार्क निर्माणका लागि विशेष पहल गरिने , कृषि प्राविधिक सेवा क्रमशः वडा स्तरसम्म बिस्तार गरिने, सम्पूर्ण पशुहरुको औषधि सहित निःशुल्क उपचारको व्यवस्था मिलाईने ,गाउँपालिकाको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरी एकीकृत पर्यटन विकासको गुरुयोजना तयार गरी गुरुयोजना अनुसार लगानी गरिनेे, सबै पर्यटीय क्षेत्रहरु जोड्न पदमार्गको पहिचान र विकास गरिने, स्थानीय कला संस्कृति र साहित्यको संरक्षण र विकासमा जोड दिइने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
केराबारीको व्यवसायिक क्षेत्रमा ड्रेनदेखि ड्रेनसम्म कालोपत्रे, फुटपाथमा सडकबत्ती र सडक डिभाईडर सहित बजारको सुन्दरीकरण गरिने , शिक्षालाई प्रविधिसँग आबद्ध गर्दै गुणस्तरीय शिक्षाको विकासमा जोड दिइने, सामुदायिक विद्यालयहरु मध्ये भौगोलिक क्षेत्र अनुसार पालिकामा कम्तिमा ६ वटा माध्यमिक विद्यालयहरुलाई क्रमशः नमूना विद्यालयको रुपमा विकास गर्दै लगिने, पालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिईने, अध्यक्षसँग जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारलाई निरन्तरता दिने, गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनउत्तरदायी बनाइनेछ साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण जस्ता कार्यक्रमहरु मार्फत जनताको गुनासो सुनुवाइ र उचित सम्बोधन गरिने, बजेटको अवधारणालाई आत्मासात गरिने, संघीय नीति बमोजिम भूमिहीन दलित /सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्रथमिकताका साथ अगाडि बढाइने केराबारी गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य नारायणप्रसाद भुजेल नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर , प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , विभिन्न वडाका सदस्य, कार्यपालिका सदस्य एवं वडाध्यक्ष र पालिकाका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login