स्थानीय तह
केराबारी गाउँपालिकाको १२ औं गाउँ सभा, नीति तथा कार्य योजना प्रस्तुत
केराबारीः मोरङको केराबारी गाउँपालिकाको १२ औं आर्थिक वर्ष २०८०/८१ गाउँ सभा अधिवेशनमा नीति तथा प्रस्तुत कार्यक्रम भएको छ ।
१२ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाले निति तथा कार्य योजनामा बजेट निर्माण , विकास निर्माणका काम , पुर्वाधार विकासका नीति, शिक्षा युवा तथा खेलकुद , स्वास्थ्य , खानेपानी तथा सरसफाई , यातायात , लैङ्गकि समानता , सामाजिक सुरक्षा र समावेशीकरण , कृषि विकास सहकारी, पशुपन्छी तथा मत्स्य , उद्यम विकास , राजस्व, रोजगार , वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास , सेवा प्रवाह र सुशासन सहित निति तथा कार्यक्रम अधिवेशन भएको हो ।
गाउँपालिकाको ”कृषि पर्यटन सहितको पुर्ण पुर्वाधार समृद्ध केराबारी हाम्रो आधार ” भन्ने मुल नारा सहित गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा शुक्रबार हुने केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बताए ।
श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम लागतमा श्रममुलक योजनाहरू सञ्चालन गरीने , खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथ सामुहिक खेती गरी गाउँपालिकाको आन्तरीक श्रोतलाई मजबुत गर्दै लगिने , केराबारी वजार क्षेत्रमा सार्वजनिक शौचालय तथा बसपार्क निर्माणका लागि विशेष पहल गरिने , कृषि प्राविधिक सेवा क्रमशः वडा स्तरसम्म बिस्तार गरिने, सम्पूर्ण पशुहरुको औषधि सहित निःशुल्क उपचारको व्यवस्था मिलाईने ,गाउँपालिकाको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरी एकीकृत पर्यटन विकासको गुरुयोजना तयार गरी गुरुयोजना अनुसार लगानी गरिनेे, सबै पर्यटीय क्षेत्रहरु जोड्न पदमार्गको पहिचान र विकास गरिने, स्थानीय कला संस्कृति र साहित्यको संरक्षण र विकासमा जोड दिइने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
केराबारीको व्यवसायिक क्षेत्रमा ड्रेनदेखि ड्रेनसम्म कालोपत्रे, फुटपाथमा सडकबत्ती र सडक डिभाईडर सहित बजारको सुन्दरीकरण गरिने , शिक्षालाई प्रविधिसँग आबद्ध गर्दै गुणस्तरीय शिक्षाको विकासमा जोड दिइने, सामुदायिक विद्यालयहरु मध्ये भौगोलिक क्षेत्र अनुसार पालिकामा कम्तिमा ६ वटा माध्यमिक विद्यालयहरुलाई क्रमशः नमूना विद्यालयको रुपमा विकास गर्दै लगिने, पालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिईने, अध्यक्षसँग जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारलाई निरन्तरता दिने, गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनउत्तरदायी बनाइनेछ साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण जस्ता कार्यक्रमहरु मार्फत जनताको गुनासो सुनुवाइ र उचित सम्बोधन गरिने, बजेटको अवधारणालाई आत्मासात गरिने, संघीय नीति बमोजिम भूमिहीन दलित /सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्रथमिकताका साथ अगाडि बढाइने केराबारी गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य नारायणप्रसाद भुजेल नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर , प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , विभिन्न वडाका सदस्य, कार्यपालिका सदस्य एवं वडाध्यक्ष र पालिकाका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो।
Facebook Comment
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login