Banner
बाढीले सभा खोलाको लिफ्टिङ खानेपानी आयोजनामा क्षति, उपभोक्ता समितिलाई हस्तान्तरण नगर्दै पुरियो आयोजना स्थल
सभाखोलाः गत असार २ गते राति संखुवासभाको हेंवा र पिलुवा खोलामा आएको बाढीले करोडौँको संरचना क्षति गरेको छ । पिलुवा खोलाको बाढीले सो खोलाको बगरक्षेत्रका धानखेत पुरेको छ भने हेंवा खोला र सो खोलो सभा खोलामा मिसिएपछि सभा खोलाले करोडौँका संरचनामा क्षति पुर्याएको छ ।

बाढीले सभाखोलाबाट लिफ्टिङमार्फत् संखुवासभाको तुम्लिङटारमा लगिएको तथा लोहाकोटमा सञ्चालन हुन लागेको सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजनामा क्षति पुर्याएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत रहेको सो लिफ्टिङ आयोजनाको कार्यालयले शुक्रबार स्थलगत अनुगमन गरी क्षतिको विवरण सार्वजनिक गरेको हो ।
बाढीले चैनपुर–११ मा निर्माणाधीन सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा ३ करोड बराबरको क्षति भएको कार्यालयले जनाएको छ । निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरणको तयारीमा रहेको सो आयोजना सभा खोलाको बहाव क्षेत्रभन्दा १०० मिटर टाढा खोलाको सतहभन्दा ५ फुटभन्दा बढी उचाइमा रहेको कार्यालयले जनाएको छ ।
खोलाको सतहभन्दा ५ फुट माथि निर्माण गरिएको सो आयोजनाको एक तले पक्की पालेघर बाढीले पूरै पुरेको छ भन्दा पनि हुन्छ । लगभग एक फुट मात्रै देखिएको छ । शौचालय पूरै पुरिएको छ भने पालेघरमा भण्डारण गरिएका सबै सामान र पालेघर बाहिर रहेका संरचनामा बाढीले क्षति पुर्याएको छ ।
आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुगेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहका अनुसार निर्माणको अन्तिम चरणमा रहेको आयोजना साउनमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने तयारी थियो ।
स्थलगत अनुगमनपछि उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहले बताए । आर्थिक वर्ष २०७५÷७६ मा सो योजनाको निर्माण थालिएको थियो । ११ करोड ११ लाखभन्दा बढी रुपैयाँको लागतमा निर्माण भइरहेको सो आयोजनाबाट ३ सय ८६ घरपरिवारलाई पानी खुवाउने लक्ष्य थियो ।
उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालका अनुसार हाल १ सय ५० परिवारले पानी प्रयोग गरिरहेका थिए भने थप २ सय परिवार धारा जडानको तयारीमा थिए ।
तस्बिरहरुः खेमचन्द्र अधिकारी
थुप्रिएको बालुवा हटाउन नसक्दा सभा खोलाको पुल बाढीबाट जोगाउन समस्या

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login