Connect with us
Advertisement

यी हुन् सुन्दरहरैँचाको १२ औँ नगरसभाबाट स्वास्थ्य क्षेत्रमा लिइएका नीतिहरु

Published

on

विराटचोकः सुन्दरहरैँचा नगरपालिकाले बाहौँ नगरसभा शुरु भएको छ । सो नगरसभामा स्वास्थ्य क्षेत्रमा विभिन्न नीति प्रस्तुत गरिएको छ । यस्ता छन् नगरपालिकाले लिएका स्वास्थ्य नीतिहरुः
नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेका ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई नगर अस्पतालमा लाग्ने ओपिडी शुल्क नलिइने नीति लिइएको छ । यस्तै ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा पूर्ण अशक्त भएका व्यक्तिहरूलाई घरमा गई बैंकका कर्मचारी मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । उनीहरुको निशुल्क स्वास्थ्य जाँच गरी नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत सोही समय उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।

गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य जाँच गर्न र स्वास्थ्य संस्थामा गई प्रसूति गराउन प्रोत्साहन गर्ने, स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाहरूलाई अन्य अस्पातालमा प्रसूतिका लागि जानुपर्ने भएमा निः शुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने नीतिलाई निरन्तरता दिने भएको छ ।

स्पाइनल इन्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ । प्रत्येक नागरिकको अनिवार्य स्वास्थ बीमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला, कडा रोगी र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमामा सहुलियत प्रदान तथा निःशुल्क सेवा दिइने भएको छ । स्वास्थ्य सेवा, शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने नीति नगरले लिएको छ ।

भवन निर्माण हुन बाँकी स्वास्थ्य चौकीहरूको भवन निर्माणलाई प्राथमिकता दिइने भएको छ । निर्माणाधीन स्वास्थ्य चौकी यथाशीघ्र निर्माण सम्पन्न गरी व्यवस्थित ढङ्गले सञ्चालनमा ल्याइने र त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गरिने बताइएको छ ।

नगर अस्पताललाई विशेषज्ञ सेवा, फार्मेसी तथा प्रयोगशालासहितको थप सुदृढ सेवा उपलब्ध गराउन नगर अस्पतालको थप भवनसहित आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने, औजार उपकरणहरू खरिद गरी जडान गरिने र सोही अनुसारको दक्ष जनशक्ति व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभूत तथा शहरी स्वास्थ्य केन्द्रहरूलाई स्तरोन्नति र थप व्यवस्थित गरी सञ्चालन गरिने भएको छ । नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधीहरू आधारभूत तथा शहरी स्वास्थ्य केन्द्रमार्फत वितरण गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फर्मास्युटिकल्सलाई औषधी उत्पादन केन्द्रका रूपमा सञ्चालन गर्न पहल गरिने भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा शिलान्यास भएको प्रादेशिक सरुवा रोग अस्पताल यथाशीघ्र निर्माणका लागि पहल गरिने भएको छ ।

स्वास्थ्य चौकीहरुमा आवश्यक आधारभूत विद्युत, खानेपानी, शौचालयको व्यवस्था चालु आर्थिक वर्षभित्रमै सम्पन्न गरिने भएको छ । इन्द्रपुर स्वास्थ्य चौकी र दुलारी स्वास्थ्य चौकीको स्तरोन्नति तथा सेवा विस्तारको लागि आवश्यक पहल गारिने पनि नीति तथा कार्यक्रमले समेटेको छ ।

सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक