स्थानीय तह
यी हुन् सुन्दरहरैँचाको १२ औँ नगरसभाबाट स्वास्थ्य क्षेत्रमा लिइएका नीतिहरु
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाले बाहौँ नगरसभा शुरु भएको छ । सो नगरसभामा स्वास्थ्य क्षेत्रमा विभिन्न नीति प्रस्तुत गरिएको छ । यस्ता छन् नगरपालिकाले लिएका स्वास्थ्य नीतिहरुः
नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेका ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई नगर अस्पतालमा लाग्ने ओपिडी शुल्क नलिइने नीति लिइएको छ । यस्तै ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा पूर्ण अशक्त भएका व्यक्तिहरूलाई घरमा गई बैंकका कर्मचारी मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । उनीहरुको निशुल्क स्वास्थ्य जाँच गरी नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत सोही समय उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।
गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य जाँच गर्न र स्वास्थ्य संस्थामा गई प्रसूति गराउन प्रोत्साहन गर्ने, स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलाहरूलाई अन्य अस्पातालमा प्रसूतिका लागि जानुपर्ने भएमा निः शुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने नीतिलाई निरन्तरता दिने भएको छ ।
स्पाइनल इन्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ । प्रत्येक नागरिकको अनिवार्य स्वास्थ बीमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला, कडा रोगी र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमामा सहुलियत प्रदान तथा निःशुल्क सेवा दिइने भएको छ । स्वास्थ्य सेवा, शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने नीति नगरले लिएको छ ।
भवन निर्माण हुन बाँकी स्वास्थ्य चौकीहरूको भवन निर्माणलाई प्राथमिकता दिइने भएको छ । निर्माणाधीन स्वास्थ्य चौकी यथाशीघ्र निर्माण सम्पन्न गरी व्यवस्थित ढङ्गले सञ्चालनमा ल्याइने र त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गरिने बताइएको छ ।
नगर अस्पताललाई विशेषज्ञ सेवा, फार्मेसी तथा प्रयोगशालासहितको थप सुदृढ सेवा उपलब्ध गराउन नगर अस्पतालको थप भवनसहित आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने, औजार उपकरणहरू खरिद गरी जडान गरिने र सोही अनुसारको दक्ष जनशक्ति व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आधारभूत तथा शहरी स्वास्थ्य केन्द्रहरूलाई स्तरोन्नति र थप व्यवस्थित गरी सञ्चालन गरिने भएको छ । नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधीहरू आधारभूत तथा शहरी स्वास्थ्य केन्द्रमार्फत वितरण गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फर्मास्युटिकल्सलाई औषधी उत्पादन केन्द्रका रूपमा सञ्चालन गर्न पहल गरिने भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा शिलान्यास भएको प्रादेशिक सरुवा रोग अस्पताल यथाशीघ्र निर्माणका लागि पहल गरिने भएको छ ।
स्वास्थ्य चौकीहरुमा आवश्यक आधारभूत विद्युत, खानेपानी, शौचालयको व्यवस्था चालु आर्थिक वर्षभित्रमै सम्पन्न गरिने भएको छ । इन्द्रपुर स्वास्थ्य चौकी र दुलारी स्वास्थ्य चौकीको स्तरोन्नति तथा सेवा विस्तारको लागि आवश्यक पहल गारिने पनि नीति तथा कार्यक्रमले समेटेको छ ।
सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक
Facebook Comment
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login