Connect with us
Advertisement

सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक

Published

on

विराटचाेक  सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष  ०८०\०८१ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित त्रिवेणी रिसोर्टमा भएको सुन्दरहरैंचा नगरपालिकाको बाह्रौं नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब ७२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । चालु, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकमसमेत गरी जम्मा रकम १ अर्व ७२ करोड ८ लाख २२ हजारको बजेट सार्वजनिक गरिएकोमा नगरको सुशासन तथा संस्थागत विकासका लागि २६ करोड ९ लाख ६८ हजार ७ सय ७२ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वन तथा विपत् व्यवस्थापनका लागि २ करोड ७७ लाख ५० हजार विनियोजन गरिएको छ भने सामाजिक विकास तर्फ ४३ करोड २२ लाख ९० हजार विनियोजन गरिएको छ ।

आर्थिक विकास तर्फ ३ करोड ९ लाख ९० हजार विनियोजन गर्दा पूर्वाधार विकास तर्फ ५६ करोड ७६ लाख बजेट छुट्याइएको छ । यसैगरि बहुवर्षीय पूर्वाधार विकासतर्फका आयोजनाहरूको भुक्तानीका लागि २६ करोड, लागत सहभागिता वापत जम्मा हुने र सोही शीर्षकमा खर्च हुने गरी २ करोड तथा प्रदेश समपुरक कोषमार्फत प्राप्त भइ खर्च हुने गरी १ करोड १८ लाख ३७ हजार विनियोजन गरिएको छ ।

यस्तै सडक बोर्ड शीर्षकमा प्राप्त भइ खर्च गरिने गरी ६७ लाख विनियोजन गरिएको छ भने प्रदेश ससर्त शीर्षकमा प्राप्त भई खर्च हुने गरी ८१ लाख २५ हजार विनियोजन गरिएको छ । यता नगर विकास कोष मार्फत प्राप्त भई खर्च हुने गरी ९ करोड ४५ लाख ६२ हजार विनियोजन गरिएको छ । उपप्रमुख चौधरीले बजेटका उद्देश्य तथा प्राथमिकता बारे समेत जानकारी गराउनु भयो ।  बजेटले जीवन निर्वाहमूखी कृषिलाई वैज्ञानिक तथा व्यवसायिक बनाउने, व्यापार व्यवसायलाई थप व्यवस्थित बनाउने, विकास निर्माणमा नगरवासीको सहभागिता र अपनत्वलाई सुनिश्चित गर्ने, नगरको आन्तरिक आय वृद्धिका लागि करको दायरा बढाउने, भौतिक पूर्वाधारको विकास गर्दा वातावरणीय पक्षलाई ध्यान दिँदै दीर्घकालिन सोच राख्ने कुरालाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।

नगरसभामा नगर प्रमुख केदार प्रसाद गुरागाईंले बजेटका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सुरु गर्ने उल्लेख गरिएको छ । आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिका भित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी जनप्रतिनिधी, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने नीति अबलम्बन गरिने भएको छ ।

यस्तै नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तिमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति अबलम्बन गरिने जनाइएको छ । यसैगरि बजेटमा नगरक्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने नीति अबलम्बन गरिने उल्लेख गरिएको छ । यस्तै वडा तथा नगरमा सेवाग्राहीहरुलाई सहजताका लागि निःशुल्क फोटोकपी र निवेदनको ढाँचा उपलब्ध गराउने नीति लिइएको छ ।  नगरसभाको अर्को बैठक असार १५ गते बस्ने र त्यसबीचमा प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम अध्ययन गरि छलफल गरिने नगर प्रमुख गुरागाईंले जनाए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक