स्थानीय तह
सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक
विराटचाेक सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०\०८१ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित त्रिवेणी रिसोर्टमा भएको सुन्दरहरैंचा नगरपालिकाको बाह्रौं नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब ७२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । चालु, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकमसमेत गरी जम्मा रकम १ अर्व ७२ करोड ८ लाख २२ हजारको बजेट सार्वजनिक गरिएकोमा नगरको सुशासन तथा संस्थागत विकासका लागि २६ करोड ९ लाख ६८ हजार ७ सय ७२ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वन तथा विपत् व्यवस्थापनका लागि २ करोड ७७ लाख ५० हजार विनियोजन गरिएको छ भने सामाजिक विकास तर्फ ४३ करोड २२ लाख ९० हजार विनियोजन गरिएको छ ।
आर्थिक विकास तर्फ ३ करोड ९ लाख ९० हजार विनियोजन गर्दा पूर्वाधार विकास तर्फ ५६ करोड ७६ लाख बजेट छुट्याइएको छ । यसैगरि बहुवर्षीय पूर्वाधार विकासतर्फका आयोजनाहरूको भुक्तानीका लागि २६ करोड, लागत सहभागिता वापत जम्मा हुने र सोही शीर्षकमा खर्च हुने गरी २ करोड तथा प्रदेश समपुरक कोषमार्फत प्राप्त भइ खर्च हुने गरी १ करोड १८ लाख ३७ हजार विनियोजन गरिएको छ ।
यस्तै सडक बोर्ड शीर्षकमा प्राप्त भइ खर्च गरिने गरी ६७ लाख विनियोजन गरिएको छ भने प्रदेश ससर्त शीर्षकमा प्राप्त भई खर्च हुने गरी ८१ लाख २५ हजार विनियोजन गरिएको छ । यता नगर विकास कोष मार्फत प्राप्त भई खर्च हुने गरी ९ करोड ४५ लाख ६२ हजार विनियोजन गरिएको छ । उपप्रमुख चौधरीले बजेटका उद्देश्य तथा प्राथमिकता बारे समेत जानकारी गराउनु भयो । बजेटले जीवन निर्वाहमूखी कृषिलाई वैज्ञानिक तथा व्यवसायिक बनाउने, व्यापार व्यवसायलाई थप व्यवस्थित बनाउने, विकास निर्माणमा नगरवासीको सहभागिता र अपनत्वलाई सुनिश्चित गर्ने, नगरको आन्तरिक आय वृद्धिका लागि करको दायरा बढाउने, भौतिक पूर्वाधारको विकास गर्दा वातावरणीय पक्षलाई ध्यान दिँदै दीर्घकालिन सोच राख्ने कुरालाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।
नगरसभामा नगर प्रमुख केदार प्रसाद गुरागाईंले बजेटका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सुरु गर्ने उल्लेख गरिएको छ । आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिका भित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी जनप्रतिनिधी, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने नीति अबलम्बन गरिने भएको छ ।
यस्तै नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तिमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति अबलम्बन गरिने जनाइएको छ । यसैगरि बजेटमा नगरक्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने नीति अबलम्बन गरिने उल्लेख गरिएको छ । यस्तै वडा तथा नगरमा सेवाग्राहीहरुलाई सहजताका लागि निःशुल्क फोटोकपी र निवेदनको ढाँचा उपलब्ध गराउने नीति लिइएको छ । नगरसभाको अर्को बैठक असार १५ गते बस्ने र त्यसबीचमा प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम अध्ययन गरि छलफल गरिने नगर प्रमुख गुरागाईंले जनाए ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login