Connect with us
Advertisement

विश्वविद्यालयका पदाधिकारीको सुरक्षा गर्न सुन्दरहरैंचाका सबै दल प्रतिबद्ध, विश्वविद्यालय सरोकार समाजले बुझायो ध्यानाकर्षणपत्र

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयमा पछिल्लो समयमा भएका गतिविधिको निन्दा गर्दै सुन्दरहरैंचाका राजनीतिक दलले पार्टीभन्दा विश्वविद्यालयको हितअनुकूलका काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको कार्यकक्षमा विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल, शिक्षा सेवा आयोगका अध्यक्ष महेशराज दाहाल, अस्पताल निर्देशक विपेश आचार्य, डीनहरुलगायतको उपस्थितिमा आफ्नो भनाइ राख्ने सुन्दरहरैंचामा क्रियाशील राजनीतिक दलका नेताले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले विश्वविद्यालयका उपकुलपति कोइरालालाई ध्यानाकर्षणपत्र बुझाउने क्रममा दलहरुले विश्वविद्यालयको विकासको लागि एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा एमालेका नगर अध्यक्ष मातृकाबाबु ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य प्रेमलाल चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव गीतानिधि दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।

उता, पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि कालो मोसो दलेर दुर्व्यवहार गर्नेको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।

समाजका अध्यक्ष सञ्जीव रोकाहाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यार्थी संगठनले कर्मचारी भर्नाको विषयमा विभिन्न माग राखी आन्दोलन गर्नुले उनीहरुको नियत स्पष्ट हुने जनाउँदै विश्वविद्यालयको बदनाम गराउने यस्तो कार्यमा संलग्नलाई कारवाही गर्न माग गरिएको छ ।

यस्तो छ ज्ञापनपत्रको पूर्ण पाठः

पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाज,
मोरङ नेपाल
मिति २०८०\०३\१०

श्रीमान् उपकुलपति ज्यु
पुर्वाञ्चल बिस्वबिध्यालय
केन्द्रीय कार्यालय
सुन्दरहरैचा मोरंग

बिसय ध्यानाकर्सण गराइएको बारे ।
पुर्वाञ्चल बिस्वबिध्यालय सरोकार समाजले बिगतमा बिस्वबिध्यालयको केन्द्रिय कार्यालय गोठगाउ मोरंग बाट संचालन गर्न बिभिन्न राजनैतिक दल तथा सरकार को ध्यानाकर्सण गराउन पटक पटक पहलकदमी लिएको सर्वाबिधितै छ । बिगतमा यस बिस्वबिध्यालयमा देखिएका विभिन्न खालका अराजकता लाइ स्पस्ट बाहिर ल्याई दोषीहरुलाई कारबाही गरि यस बिस्वबिध्यालय लाइ व्यवस्थित र मर्यादित तथा बिस्वासनिय केन्द्रको रुपमा बिकास गर्न हामीले संस्थागतरुपमै पहलकदमी गरेका थियो। बिस्वबिध्यालयको ऐन संसोधन गरि केन्द्रिय कार्यालय अहिले गोठगाउमा संचालित छ भने बिस्वबिध्यालय मा मेडिकल कलेज संचालन प्रक्रियामा रहेता पनि मुर्त रुप लिन सकेको छैन । यसै बीच यहि २०८०÷०२÷२९ गते बिहान बिस्वबिध्यालय सेवा आयोगका अध्यक्ष्य प्रा डा महेसराज दाहाल माथि वहाको निवासमा केहि आपराधिक मनोब्रिती बोकेका व्यक्तिहरुद्वारा तालिबानी सैलिमा गरिएको दुर्व्यवाहार प्रति हाम्रो गम्भीर ध्यानाकर्सण भएको छ । उक्त घटना लगत्तै सम्बन्धित प्रसासन लाइ सम्पर्क गरि दोषीलाई तत्काल पक्राउ गर्न तथा घ टनाको गम्भीर छानबिन गरि दोषी लाइ कानुनको दायरामा ल्याउन हामीले सम्बन्धित निकायमा पटक पटक सम्पर्क गरेका थियौ । घटना घटेको यतिका दिन सम्म सम्पुर्ण दोषी हरु पक्राउ गर्न नसक्नु र उनीहरुको सम्रक्ष्यक तथा योजनाकार हरुको स्पस्ट किटान गर्न नसक्नु दुखपूर्ण कुरा हो । नियोजित र योजनाबद्द घटाइएको यस प्रकारका घटना लाइ सामान्य रुपमा बुझे दुस्प्रयास कोहि कसैको नहोस हामि खवरदारी गर्न चाहन्छौ । बिस्वबिध्यालय संचालन गर्न आवस्यक कर्मचारी को आवस्यकता को पहिचान र भर्ना प्रक्रिया विधिसम्मत गर्न सेवा आयोगको गठन गरिएको हो । सेवा आयोगलाई राजनैतिक दबाब दिएर आफु अनुकुल भर्ति केन्द्र बनाउन कसैले पहल लिने बिसय हैन। त्यसमाथि बिद्यार्थी संगठन हरुले बिस्वबिध्यालायाको कर्मचारी भर्ना प्रक्रिया माथि आफ्नो माग राखी आन्दोलन गर्नु ले ति बिद्यार्थी संगठन वा संस्था हरुको नियत स्पस्ट हुन्छ । यो बिल्कुल प्राज्ञिक तथा बिस्वबिध्यालयको आवस्यकताको बिसय हो । यस बिस्वबिध्यालय संचालनको दौरान मा यस्ता घटना घट्नु बिस्वबिध्यालय बदनाम गराउने खेल मात्र हो । बिस्वबिध्यालय मा हुने अमर्यादित गतिबिधि हरुलाई तत्काल नियन्त्रण गरि बिधि र पद्दतिमा बिस्वबिध्यालय लाइ संचालन गर्न हामि उपकुलपति ज्यु मार्फत सम्पुर्ण बिस्वबिध्यालयको ध्यानाकर्सण गराउदछौ । बिस्वबिध्यालय संग प्रत्यक्ष्य सरोकार राख्ने नागरिक समाज संग छलफल र समन्वयमा यस्ता गलत प्रविती को अन्त्य गर्न मद्दत पुग्दछ । आपराधिक प्रविती को कुनै दल हुदैन कुनै बिचार ले संरक्षित हुन सक्दैन । हामि यस बिस्वबिध्यालय लाइ सुन्दर सैक्षिक फूलबारीको रुपमा बिकास गर्न चाहन्छौ। बिस्वबिध्यालयमा मेडिकल कलेज संचालन लाइ मुर्त रुप दिन अझ प्रभावकारी अगुवाइको हामि अपेक्ष्या गर्दछौ । अन्त्यमा सेवा आयोगका अध्यक्ष्य माथि भएको दुर्व्यवाहार मा संलग्न हरुलाई हदै सम्मको कारबाही गर्न प्रसासन र नेपाल सरकार लाइ थप दबाबका साथ अगाडि बढ्न तपाइलाइ ध्यानाकर्सण सहित अनुरोध गर्दछौ । बिस्वबिध्यालयमा कार्यारत कर्मचारी तथा पदाधिकारीहरु सुरक्षित हुने बातावरण ड्ड मिलाउन हामि सबैले पहलकदमी लिनु पर्दछ । बिस्वबिध्यालय लाइ सहज संचालन गर्न र सम्मानित थलोका रुपमा बिकास गर्न सरोकार समाज सदैव तत्पर रहेको पुन जानकारी गराउदछौ ।

सन्जिब रोकाहा
अध्यक्ष

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक