Connect with us
Advertisement

लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

लेटाङः लेटाङ नगरपालिकाले सेवाप्रवाह र विकास निर्माण बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा सुकुना मिडिया एण्ड सर्भिस प्रा। लि। मोरङको सहजिकरणमा  लेटाङ ३ स्थित कमलपुर सामुदायीक वन उपभोक्ता समूहको सभाहलमा विहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सुरुमा नगरपालिकाका योजना शाखा प्रमुख भूपेन्द्र खनालले नगरपालिकाले १ वर्षभरिमा गरेका कामको प्रगित विवरण प्रस्तुत गर्नुभयो भने उप्रमुख कृष्ण कुमारी निरौलाले न्यायीक समितिले गरेका काम बारे जानकारी गराउनुभयो । त्यसपछि कार्यक्रमको सहजकर्ता सुकुना मिडिया प्रा।लि। को तर्फबाट नागरिक प्रतिवेदन भाग १, नागरिक प्रतिवेदन भाग २ र वहिर्गमन अभिमतमा प्राप्त तथ्यांक अनुशारको नजिता प्रस्तुत गरियो । नगर तथा वडाको सेवाप्रवाह, विकास निर्माणका गतिविधि लगायतका विषयमा नगरका सबै वडामा पुगेर नागरिकको अभिमत लिएर तथ्यांक विश्लेषण गरि प्राप्त परिणाम सार्वजनिक गरिएको कार्यक्रमका सहजकर्ता रेवती निरौलाले जानकारी दिनुभयो । नगरिक प्रतिवेदन भाग १ का लागि वडागतरुपमा अभिमत लिएर नजिता प्रस्तुत गरिएको तथा नागरिक प्रतिवेदन भाग २ र वहिर्गमन अभिमतका लागि नगरपालिका स्तरमा अभिमत लिएर प्राप्त रिपोर्ट प्रस्तुत गरिएको सुकुना मिडिया एण्ड सर्भिस प्रा। लि। का सञ्चालक कृष्णचन्द्र सुवेदीले बताउनुभयो ।

वहिर्गमन अभिमतमा जनताले सोधेका प्रश्न तथा कार्यक्रममा सहभागीले सोधेका प्रश्नको जवाफ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने र नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुले दिनुभयो । जवाफ दिने क्रममा नगर प्रमुख लावतीले ठूलो भूगोल भएको तथा पहाडी क्षेत्रबाट सबै मानिसहरु एकै ठाउँमा भेला हुन समस्या हुने देखिएकाले आगामी दिनदेखि वडागत रुपमा समेत सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वहिर्गमन अभिमतमा सहभागिहरुले नगरपालिकाको राम्रो लागेका पक्ष र सुधार गर्नपर्ने पक्ष बारे जाहेर गरेको अभिमतको विषयमा समेत कार्यक्रममा जानकारी दिइयो । जस अनुशार बजेट निर्माणमा टोल र वडास्तरबाट छलफल हुनु, बाटो विग्रिएको बेला चाँडै मर्मत हुनु, नगरपालिका र वडाको सेवा प्रवाहमा सुधार हुनु, वडामै मेलमिलाप गराउन थालिनु, नगर अस्पताललाई व्यवस्थित बनाउनुका साथै अधिकांश औषधि पाउनुलाई राम्रो पक्षका रुपमा वहिर्गमन अभिमतमा उल्लेख गरिएको थियो । यसैगरी सुधार गर्नपर्ने विषयमा नगरपालिकामा हेल्पडेस्क स्थापना गर्नुपर्ने, स्थानीय उत्पादनको मूल्यमा एकरुपमता ल्याइ बजार व्यवस्थापन गर्नुपर्ने, कृषि प्राविधिक वडा वडामा राख्नुपर्ने, वडाको बजेट बढाउनु पर्ने र खेलकुद क्षेत्रको विकासका लागि ठोस काम गर्नुपर्ने जस्ता कुरा उल्लेख गरिएको थियो ।

यस्तै नगरवासीले सिंचाई, कृषि तालिम, सूचना प्रवाह, पर्यटन विकास, बजार अनुमगन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषमया वहिर्गमन अभिमतमा सोधेका प्रश्नको समेत नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले जवाफ दिनु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सँस्थाका प्रतिनिधिहरु तथा नगरवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वर्षाका सर्वसाधारण नगरवासीको उपस्थिति अलि न्यून रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक