Connect with us
Advertisement

स्वर्णधारी सुमनसहितका खेलाडी सम्मानित

Published

on

काठमाडौंः नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमनलाई वादोरियो कराते संघको तेस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा श्रीलंकामा भएको तेस्रो अन्तरराष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली (स्वर्ण), संयम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित भए ।

१९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कास्य विजेता वैश्नवी शर्मालाई पनि सम्मान गरियो ।

त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोका मगर तथा कास्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित भए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

Published

on

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।

Continue Reading

Banner

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

Published

on

Continue Reading

Banner

मेसीले ओलम्पिक नखेल्ने

Published

on

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन्।

पेरिसमा हुने ओलम्पिकका लागि राष्ट्रिय टोलीको सूचीमा उनको नाम समावेश नभएको प्रशिक्षक जेभियर मास्चेरानोले बताएका छन्।

मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहितका खेलाडीलाई पनि आराम दिइएको घोषणा गरे।

ओलम्पिकमा सिनियरबाट तीन जनासहित २३ वर्षमुनिका खेलाडीलाई समावेश गरेर टोलीको घोषणा हुने गरेको छ। मेसीले बेइजिङमा सन् २००८ मा भएको ओलम्पिकमा अर्जेन्टिनाले फुटबलतर्फ स्वर्ण जित्दा मेसी टोलीका सदस्य थिए।

अर्जेन्टिनाले सन् २००४ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो। मुख्य प्रशिक्षक मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।

यद्यपि अमेरिकामा जारी कोपा अमेरिकामा भने मेसी टोलीमा छन्। अर्जेन्टिना प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

सन् २०२१ मा कोपा जितेको मेसीको टोली अर्जेन्टिनाले २०२२ मा विश्वकप जितेको थियो। ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग खेल्नेछ। समूह बीमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक