राजनीति
कांग्रेस संसदीय दलको बैठक बोलाउन सांसद सुनिल शर्माको माग
काठमाडौंः नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका छन् ।
साउन १० गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअघि नै यो विषयमा संसदीय दलभित्र गम्भीर छलफल गर्नुपर्ने उनको माग छ । आम सांसदहरूको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा साउन १० गते अगावै संसदीय दलको बैठक बोलाई छलफल गर्नुपर्ने उनको भनाइ छ ।
साउन ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको एक क्वीन्टल सुन विमानस्थल बाहिर लगिसकेपछि अर्थ मन्त्रालय मातहतको राजस्व विभागको टोलीले नियन्त्रणमा लिएको थियो । विशेष सुरक्षा चेकजाँच हुने ठाउँ विमानस्थल कटेपछि अर्थ मन्त्रालय मातहतको राजस्व विभागले सुन पक्राउ गर्नुले घटनामा गृहको संलग्नता देखिएको सांसद शर्माको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुन सक्ने उनको बुझाइ छ ।
गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता विना सुन तस्करी हुनै नसक्ने दावी गर्दै आएका सांसद शर्माले तस्करीमा आफ्नो दल वा गठबन्धनका उच्च पदस्थ व्यक्ति नै संलग्न भए पनि कारबाही गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login