शिक्षा / स्वास्थ्य
पञ्चायत मावि सुन्दरहरैंचाले आफ्नो स्वामित्वमा रहेको जग्गा व्यवस्थित गर्ने
विराटचोकः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविले आफ्नो स्वामित्वमा रहेको जग्गाको व्यवस्थापन गर्ने भएको छ । लामो समयदेखि अव्यवस्थित रुपमा रहेका त्यस्ता जग्गालाई व्यवस्थित गर्न एक समिति बनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायामाझीका अनुसार केही जग्गाको न्यूनतम ठेक्का आउने गरेको छ । केही जग्गा व्यक्तिले मिचेको पनि पाइएको छ भने केही जग्गा कहाँ पर्छ भन्ने समेत विद्यालयलाई थाहा छैन । अब सबै जग्गाको यकिन भइसकेकाले जग्गा व्यवस्थित गर्न समिति बनाइएको प्रधानाध्यापक रायामाझीको भनाइ छ ।

उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ अब विद्यालयको सबै जग्गा व्यवस्थित तरिकाले मात्रै उपभोग गर्न दिइने बताउँछन् । विद्यालयको शैक्षिक गुणस्तरको लागि आफू दिनरात खटिइरहने बताउँदै विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमै अध्यापन गराउन उनले अनुरोध गरे । शिक्षकहरुले विद्यालयमा राजनीति गर्न नपाउने र कुनै पनि बहानामा विद्यालय बन्द गर्न नपाउने निर्णयमा आफू अडिग रहेको उनको भनाइ थियो ।
बैठकमा सहभागी नेकपा एमालेका नगर अध्यक्ष मातृकाबाबु ढकाल, नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, वडामा सक्रिय विभिन्न राजनीतिक दलका वडा प्रमुख तथा प्रतिनिधिले विद्यालयको स्वामित्वमा रहेका जग्गाको खोजी गर्न र कसैले मिचेको भए फिर्ता गराउन आवश्यक सबै काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, विद्यालयका पूर्व प्रधानाध्यापक टोमबहादुर श्रेष्ठ, नेकपा एमालेका राजकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य खड्ग श्रेष्ठ, नेपाली कांग्रेसका बलभद्र बिष्ट, विवेकशील साझाका हेमन्त भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।

विद्यालयले बिक्री गरेका तर तत्कालीन समयमा जग्गा किन्नेले पूरै पैसा नदिएका कारण पास हुन नसकेका र पछि विद्यालयले जग्गा बेच्न नपाउने नियम ल्याएपछि विवादमा रहेका जग्गाको विवादको समाधान पनि आज गठन भएको समितिमार्फत् गरिने भएको छ ।
वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनाइएको हो । सो समितिमा बलभद्र बिष्ट, बमबहादुर राउत, मिलन लुइँटेल, रोशन लुइँटेल, चुडामणि मरासिनी, हेमन्तकुमार भट्टराई सदस्य रहेका छन् । विद्यालय व्यवस्थापन समिति पदेन सदस्यको रुपमा राखिएको छ ।
सो समितिले विद्यालयको स्वामित्वमा रहेका जग्गाको नक्साअनुसारको फिल्ड कायम गर्ने, भोग नभएको जग्गा भए विद्यालयलाई भोगाधिकारसम्पन्न बनाउने र जग्गासम्बन्धी अन्य विवादको निरुपण गर्ने शिक्षक अम्बिकाप्रसाद सापकोटाले जानकारी दिए ।

Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login