स्थानीय तह
केराबारीको वडा नम्बर ९ ले गर्याे २१५ जनालाई सम्मान
केराबारीः उत्तरी मोरङको केराबारी गाउँपालिकाको वडा नं. ९ को कार्यालयले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने २ सय १५ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा सामाजिक, सांस्कृतिक, भौतिक, आर्थिक राजनीतिक, शैक्षिक र वातावरणीय क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा ९ नम्बर वडा कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । कार्यक्रममा सञ्चारकर्मी अरुण बराल, भक्तशेर लिम्बू र अम्बिका भण्डारी सम्मानित भए ।
वडाभित्र वनजङ्गल तथा सार्वजनिक स्थल संरक्षणमा सहयोग पुर्याउने, सार्वजनिक सेवा प्रवाह तथा योजना कार्यान्वयनमा सहयोग गर्ने, टोल विकास समिति, उपभोक्ता समिति सामाजिक संघसंस्थाका व्यक्ति र ६ दर्जन बढी जेष्ठ नागरिकका साथै उत्कृष्ट कृषक टीका शाहीदेखि मोरङका सहायक प्रजिअ प्रदीप साह पनि सम्मानित भए ।
वडा कार्यालयलाई जग्गा दान गर्नुहुने व्यक्तिहरु दुर्गाप्रसाद भट्टराई, गोपीप्रसाद तिम्सिना, हरिप्रसाद तिम्सिना, ज्ञाननाथ तिम्सिना र टंकप्रसाद कोइराला, खानेपानी संस्था, स्वास्थ्य चौकी लगायत विभिन्न ६ ओटा विद्यालयलाई जग्गा दान गर्ने १३ जना व्यक्ति सम्मानित भए ।
संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र वडाभित्रका ९ ओटा विद्यालयका ३७ जना विद्यार्थीहरुलाई विभिन्न विधाबाट पुरस्कृत गर्नुका साथै नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, मोरङका सहायक प्रजिअ प्रदीप साह, एसएसपी जयराज सापकोटा गाउँपालिका अध्यक्ष सुमन मगर मिरिङचिङ, उपाध्यक्ष मनमाया मगर, पूर्व अध्यक्ष रोहित कार्कीलगायत उपस्थित थिए ।
वडाध्यक्ष गोपाल याक्खाको सभापतित्वमा भएको कार्यक्रम शान्ति पाख्रिनले सञ्चालन गरेकी थिइन् ।

Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login