Connect with us
Advertisement

अवैध सामग्री बरामद

Published

on

काँकरभिट्टाः झापाको मेचीनगर –६ बाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना.६ ख ४९०२ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ती सामान फेला परेका थिए ।

प्रहरीका अनुसार टेलिफोन नाम लेखिएको भाँडा माझ्ने साबुन २५ काटुन, कोकोजेल नाम लेखिएको हुक्काको कोईला ६० काटुन, अफजाल अथेन्टिक फ्लेभर मोलास नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्याली\ झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद भएको हो । ट्रकसहित बरामद भएको करीब १ करोड २६ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध भन्सार छलीका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

अवैध सामग्री ओसारपसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकाले खोजतलास तथा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

२६७० अंकमा झर्‍यो सेयर बजार, सबै सेक्टरमा गिरावट

Published

on

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।

अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे ।

Continue Reading

Banner

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

Published

on

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

Continue Reading

Banner

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

Published

on

मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक