शेयर
तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट सहित तीन कम्पनीको आईपीओ सूचीकृत भएसँगै लगानीकर्ताले अब ती कम्पनीका शेयर आजदेखि किनबेच गर्न पाउने भएका छन् । घोराही सिमेन्ट, अप्पर स्याङ्गे हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम २२६ रुपैयाँ ६१ पैसा देखि अधिकतम ६७९ रुपैयाँ ८३ पैसा शुरुवाती मूल्य सीमा प्रदान गरेको छ । सो कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँ प्रति कित्ताका दरले शेयर निस्कासन गरेको थियो । ७० कित्तासम्म शेयर माग गर्ने आवेदकले माग गरेजति नै शेयर पाएका थिए ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।
उता, अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको २२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ८४ रुपैयाँ ५४ पैसा र अधिकतम २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
दुवै हाइड्रोपावरले भने अङ्कित मूल्यमा नै आईपीओ जारी गरेका थिए ।
Facebook Comment
Banner
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका हुन् । यद्यपि यो विषयमा भने औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
महासङ्घका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले वार्ताका लागि कुनै छलफल नभएको बताइन । तर, पूर्वअध्यक्ष तथा सल्लाहकारबाट प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्न सकिने सुझाव दिएको बताइन् । उक्त सुझावका विषयमा महासङ्घमा कुनै छलफल समेत नभएको उनको भनाइ छ ।
‘अस्तिसम्मको वार्तामा बस्दैनौँ भनेर खारेज गरेका थियौँ । त्यसपछि सरकारबाट कुनै थप नयाँ केही आएको छैन । आन्दोलनका क्रममा आउनुहुने पूर्व अध्यक्षहरूले प्रधानमन्त्री वा सभामुखसँग वार्तामा जानुपर्छ,’ पराजुलीले भनिन्, ‘आन्दोलन पनि जारी राख्ने र वार्तालाई पनि सँगसँगै लैजानुपर्छ भन्ने सुझाव आएको हो । महासङ्घको आधिकारिक धारणाचाहिँ होइन ।’
Banner
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
आज अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी उनलाई थुनामा पठाइने प्रहरीले जानकारी दिएको छ । उनलाई भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login