कोशी प्रदेश
प्रदेश प्रहरी वार्षिक कार्ययोजना २०८० सार्वजनिक
विराटचोकः कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना २०८० सार्वजनिक गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना २०८० सार्वजनिक गरेका हुन् ।
अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापन तथा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा साङ्गठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल, प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै गुणस्तरीय, प्रभावकारी एवं नागरिकमैत्री सेवा प्रवाहको सुनिश्चितताको लागि कोशी प्रदेश प्रहरीद्वारा “कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना–२०८०” सार्वजनिक गरिएको हो ।
कार्ययोजनामा समावेश भएका लक्ष्य, कार्यगत उद्देश्य, कार्ययोजना क्रियाकलापहरूको कार्यान्वयनमा मुख्य जिम्मेवार कार्यालयहरुले लक्ष्यहरु हासिल गर्न सम्पूर्ण कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक प्रयास तथा जिम्मेवारी निर्वाह गर्न प्रदेश प्रहरी प्रमुख बास्तोलाले निर्देशन दिएका छन् ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login