अर्थ
यी हुन् असल बीमा अभिकर्तामा हुनुपर्ने गुणहरु
काठमाडौः बीमा अभिकर्ता भनेको कम्पनीका तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति हुन् । अभिकर्ताहरुलाई बीमा कम्पनीको मेरुदण्ड पनि भनिन्छ । बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । पछिल्लो समय बीमा अभिकर्ता पेशामा मानिसहरुको चासो बढ्दै गइरहेको पाइन्छ । तर, बीमा गराउने काम सजिलो छैन साथै त्यति धेरै गाह्रो पनि छैन । अभिकर्ताले बीमितहरुलाई बीमाको आवश्यक्ता र महत्वको बारेमा राम्ररी बुझाउन सक्नुपर्छ ।
वास्तवमा बीमाको आवश्यक्ता किन ? बीमा नहुँदा परिवारलाई हुन सक्ने आर्थिक नोक्सानीको साथै परिवार तथा स्वयं आफैँलाई हुने फाइदाको बारेमा बुझाउन सकियो भने व्यवसाय सजिलोसँग गर्न सकिन्छ । बीमितलाई अन्य कम्पनी र आफ्नो कम्पनीले दिने मुनाफालाई तुलनात्मक रुपमा बुझाउन सक्नुपर्छ । आफ्नो कम्पनीको वारेमा जति थाहा हुन्छ त्यो भन्दा बढी अरु कम्पनीका वारेमा पनि थाहा हुनुपर्छ अनि मात्रै बीमितको चित्त बुझाउन सकिन्छ ।
अभिकर्ताहरुले मुख्यतः जीवन बीमा योजनाहरु, बीमालेखका सेवा तथा शर्तहरु, बीमा शुल्क निर्धारणका विधिहरु, बीमा प्रस्ताव फारमका साथै अन्य विभिन्न फारमहरु भर्ने र भराउने तरिकाहरुमा ज्ञान हुनु नितान्त आवश्यक छ । कुनै पनि ग्राहरुलाई बीमा गराउने कार्यमा अभिकर्ता आफू निपुर्ण हुन सक्नु नै सफल अभिकर्ताको परिचय मानिन्छ ।
बीमा अभिकर्ताहरुमा बीमासम्बन्धी राम्रो ज्ञान हुनुको साथै बीमा गर्ने बिक्री कला पनि उत्तिकै हुनुपर्दछ । बिक्री कला राम्रो भएन भने बीमा गराउन राह्रो हुन्छ । त्यसकारण बीमा गराउनका लागि अभिकर्ताहरुमा बिक्री कला पनि राम्रो हुनु पर्दछ । तर, अभिकर्ताहरुले बीमा बिक्री गर्दा कम्पनीमा नभएको कुराहरुलाई बढाइचढाइ गरेर प्रस्तुत गर्न चाहिँ हुँदैन ।
यस्ता छन् असल बिक्री कलाका तरिकाहरु
बीमा अभिकर्ताले बीमा बिक्री गर्दा जिम्मेवार तवरबाट बीमा प्रस्ताव राख्नुपर्दछ । हाम्रो जस्तो बीमामा जनचेतना एकदमै न्यून भएको मुलुकमा बिक्री कार्य जटिल र चुनौतिपूर्ण रहेको छ । त्यसकारण पनि बीमा अभिकर्ताहरुको प्रस्तुति नै बीमा बिक्री कलामा निर्भर रहने गर्दछ ।
बीमा विक्री गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ ः
विषयवस्तुमा पूर्ण ज्ञान
सरल तरिकाबाट प्रस्तुतीकरण
आफूमा मात्रै धेरै ज्ञान छ भन्ने भान हुन नदिने
बीमा प्रस्तावकको स्तरमा ध्यान पुर्याउने
ठूलो स्वरमा कुरा नगर्ने
राम्रोसँग सम्बोधन गर्ने
आफ्नो भनाइलाई आकर्षक ढङ्गबाट प्रस्तुत गर्ने
समाधानको बाटो खोज्ने
समस्याहरुको विवेचना गर्ने
अनावश्यक हाउभाउ नदेखाउने
शब्द र शारीरिक भावको समायोजन गर्ने
प्रस्तुतीकरण छिटो मिठास र पूर्ण हुने
बीमितहरुको क्षमता अनुसारको बीमा योजना प्रस्तुत गर्ने
बीमा कम्पनीको बारेमा सकारात्मक सन्देश दिने ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login