Connect with us
Advertisement

भोटेकोशी गाउँपालिकाका अध्यक्ष, जसले कार्यालयमै रसियाका राजदूत बोलाएर गरे छलफल

Published

on

काठमाडौंः सिन्धुपाल्चोकको उत्तरी सिमानामा पर्ने भोटेकोशी गाउँपालिकाको कार्यालयमा आइतबार रसियाका राजदूत एलेक्सी ए नोभिकोभ पुगेर गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पालगायतसँग छलफल गरेका छन् ।

सो क्रममा समसामयिक विषयमा छलफल भएको गाउँपालिकाका प्रमुख शेर्पाले जानकारी दिए । रसियन दूतावासले भोटेकोशी गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै गाउँपालिकाका विद्यार्थीलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरी अध्ययनको लागि रुस पठाउने लगायतका विषयमा राजदूतले प्रतिबद्धता जनाएको गाउँपालिकाले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

असारको अन्तिमसम्म त्रिवि क्रिकेट मैदानको काम सम्पन्न गर्न प्रमको निर्देशन

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य असारको अन्तिमसम्ममा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्यारापिट र फ्लडलाइट जडान कार्यमा भइरहेको ढिलाइ प्रति गम्भीर चासो व्यक्त गर्दै सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको थियो । छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित सम्लग्न निर्माण व्यवसायी सहभागी थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत ३१ असारमा पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त ३०० दिन यही २४ वैशाखमा सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले लापरबाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन भन्दै प्रश्न गरेका थिए । साथै, अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए ।

Continue Reading

Banner

आन्दोलनपछि शिक्षकहरू धमाधम एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै

Published

on

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको बोर्डले जनाएको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन र शैक्षिक हडताल २९ औँ दिनमा वैशाख १७ गते अन्त्य गरेको थियो ।

त्यसपछि शुक्रबारदेखि नै कापी परीक्षणको काम थालिएको अध्यक्ष शर्माले बताए । कापी परीक्षणका लागि बोर्डले १५ दिनको समय निर्धारण गरेको थियो । कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने यकिन हुने उनको भनाइ छ ।

बोर्डले जिलास्थित शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर कापी परीक्षणका लागि थप शिक्षक परिचालन गर्न सक्ने जनाइएको छ । विगतमा कापी परीक्षणको कार्य शैक्षिक सत्र सकिएर बिदा भएको बेला हुने गरेको थियो । तर, यो पटक बिदाको बेला शिक्षकहरू सडक आन्दोलनका लागि काठमाडौँमा थिए । अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरूले पनि अतिरिक्त समयमा काम गर्नुपर्ने अवस्था छ ।

कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न एक महिना समय लाग्ने बोर्डले जनाएको छ । बोर्डले यस अघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । असारको ७ गते नतिजा प्रकाशन गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, यो पटक कापी परीक्षणको काम ढिला गरी सुरु भएकाले उक्त मितिमा सार्वजनिक गर्न सकिने वा नसकिने अहिले नै भन्न सकिने अवस्था नरहेको अध्यक्ष शर्माले बताए ।

२०८१ को चैत ७ गतेदेखि सुरु भएको एसइईमा देशभरबाट पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिएका थिए । आन्दोलनको अन्त्य गर्दै महासङ्घले समेत तीव्रताका साथ कापी परीक्षण लगायतका काममा लाग्न देशभरका शिक्षकहरूलाई आग्रह गरेको थियो ।

Continue Reading

Banner

झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

Published

on

२२ वैशाख, काठमाडौं । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भाग्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो ।

सो क्रमा बीआर ३७टी९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी भाग्न सफल भएका थिए ।

झापाका डीएसपी खड्काले भने दुई राउण्ड हवाई फायर गरिएको बताए । ती व्यक्ति मोटरसाइकल र झोला समेत छाडेर भागेका थिए । उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक