कला / साहित्य
नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव सम्पन्न
विराटचोकः नई एकेडेमी अस्ट्रेलियाले ग्रानभिलको रातो घरमा अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्देश्य कला संस्कृतिलाई अगाडि बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रमप्रति आफ्नो सदैव सदाशयता रहने बताए ।
नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजागर्ने र यस्ता संघ संस्थासगं सहकार्य गरेर अगाडि बढ्ने बताए ।
एनएसडब्लु सदस्य डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडि बढाउन सहयोग गर्ने बताइन् । नेपाली संघ संस्थासँगं सहकार्य गर्न आफु सदैव तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा जेनिशा गौतम र निशा केसीले संगीत प्रस्तुत गरेका थिए ।
सो अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मानसहित अवार्ड प्रदान गरेको थियो । स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । निर्णायक मण्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरुमा अमेरिकावाट श्रीमती गीता खत्री बेलायतबाट सुरेशजंग शाह, भारतबाट सुश्री अप्सरा दाहाल र नेपालबाट अभिनन्दन शर्माले उनीहरुलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै आर्ट कल्चर सोसल सर्भिस तर्फ दोस्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ । तेस्रो अवार्ड डा. अर्चना कोइरालालाई साईन्स एण्ड टेक्नोलोजीतर्फ प्रदान गरिएको छ । तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दीपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए ।
कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ,नारी निकुञ्ज एनएसडब्लु अध्यक्ष सवला बस्नेत नारी निकुञ्ज पूर्व डेपुटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको थियो । नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी दिएकी थिइन् ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login