कोशी प्रदेश
‘खोटाङ प्रतिभा २०८०’ को गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ विजयी
काठमाडौंः ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह–आयोजनामा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौ जना प्रतिस्पर्धीलाई उनीहरुले पछि पारेका हुन् ।
प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र वराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । नृत्यतर्फ वराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएका छन् ।
लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख दुई हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता दुई प्रतिभालाई बेलायतमा हुने कार्यक्रममा लगिने पनि आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिए ।
त्यस्तै दोस्रो र तेस्रो हुने प्रतिभालाई क्रमशः नगद एक लाख एक हजार र ५१ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसैगै गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिइने भएको छ । प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकहरु खोटाङ जिल्ला बाहिरका स्रष्टाहरु राखिएको थियो । गायकतर्फको निर्णायकहरुमा वरिष्ठ गायक, सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, वरिष्ठ गायिका कुन्ती मोक्त्तान र वरिष्ठ सङ्गीतकार तथा रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी रहेका थिए । त्यस्तै नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक महेश गदार र वरिष्ठ नृत्य निर्देशक रोहिया महर्जन निर्णायक रहेका थिए ।
‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए । कार्यक्रममा खोटाङका सांसद, पूर्व मन्त्रीहरु र विभिन्न पेशामा आवद्ध प्रतिष्ठित व्यक्ति सहभागी रहेका थिए ।
खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना सहभागी थिए ।
जिल्लाकोे प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०–३० प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ ।
खोटाङ घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारहरुले २०७७ मा खोटाङ कलाकार समाज’ गठन गरेका थिए ।

Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login