Connect with us
Advertisement

आरम्भ चौतारीको कोशी प्रदेशस्तरीय फिल्ड व्यवस्थापन तालीम सम्पन्न

Published

on

विराटचोकः आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कोशी प्रदेश कार्यालयले सो प्रदेश अन्तर्गतका १९ वटा शाखामा कार्यरत कर्मचारीलाई फिल्ड व्यवस्थापन तालीम प्रदान गरेको छ ।

प्रदेशका ३१ जना कर्मचारीलाई १ दिनको फिल्ड व्यवस्थापन तालीम दिइएको संस्थाले जनाएको छ । सो तालीममा कार्यक्रमलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । संस्थाका कोशी प्रदेश प्रमुख विमल चौधरी, केन्द्रीय कार्यालयका आन्तरिक लेखा परीक्षण विभाग प्रमुख विमल खनाल, कार्यक्रम अधिकृतद्वय विजयकुमार पासवान र सुजन दाहालले कर्मचारीलाई प्रशिक्षित गरेका थिए ।

कर्मचारीको क्षमता अभिवृद्धिका साथै मनोबल वृद्धि गराई स्वउत्प्रेरित भई कार्यक्रम गुणस्तरीय वनाउने उद्देश्यले तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

तालीम कार्यक्रम अधिकृत सुजन दाहालले तालीम कार्यक्रम सञ्चालन गरेका थिए । विभागीय प्रमुख विमल खनालले तालीमको उद्घाटन गरेका थिए । प्रशिक्षक तथा कोशी प्रदेश प्रमुख विमल चौधरीले सबै सहभागीहरुलाई तालीममा सिकेका कुराहरु तुरुन्तै व्यवहारमा लागू गर्न तथा कुनै समस्या परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेका थिए ।

चालु आर्थिक वर्षमा संस्थाले दिएका सवै लक्ष्यहरु पूरा गरी कोशींं प्रदेश कार्यालयलाई संस्थागत रुपमा पहिलो बनाउन चौधरीले निर्देशन दिए ।

चौधरीले समूह के हो, समूहको महत्व के छ, भाका नाघेको कर्जा के हो तथा कसरी प्रभावकारी ढङ्गले कर्जा असुली गरिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख विमल खनालले कस्टुमर केयरको बारेमा, कार्यक्रम अधिकृत विजयकुमार पासवानले राम्रो केन्द्र बनाउने तरिका र सुजन दाहालले बचतको फाइदा तथा फिल्ड कर्मचारीको जिम्मेवारी र उत्तरदायित्वको विषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाले सबै प्रदेश कार्यालयहरुमा सहायक कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तालीम एकसाथ प्रदान गरेको जनाएको छ ।

तालीममा सहभागीको तर्फबाट विमला खड्का, अनिल बराल तथा महावीर राईले मन्तव्य राखेका थिए । तालीममा सिकेका विषय आगामी दिनमा फिल्डमा लागू गर्ने तथा गर्न लगाउने भन्दै आगामी दिनमा संस्थाले पुनः यस्ता कार्यक्रमहरु गराउनुपर्ने सहभागीले माग राखेका थिए ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्तले देउराली लघुवित्तलाई गाभेर आरम्भ चौतारी लघुवित्तको नामबाट वित्तीय कारोबार गर्दै आइरहेको छ ।

कार्यक्रमका थप तस्बिरका लागि तलको लिंक खोल्नुहोस् ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02WNfb6ZZogHb3srqi7o9ZYsnx4AsCtDysTPDSrEuGp5vrpmPrwJjyPuPk1SB9MQttl&id=100063766007364&mibextid=2JQ9oc

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक