खेलकुद
आइटिएफका केन्द्रीय सचिव रूपसिंहलाई अन्तर्राष्ट्रिय पाँचौं डान
काठमाडौंः नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय सचिव रूपसिंह मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् ।
काजखस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षकसमेत रहेका रूपसिंह पाँचौं डान परीक्षामा शनिबार उत्तीर्ण भएका हुन् । उनले च्याम्पियनसिपकै क्रममा कजाखस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए । परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उनी परीक्षामा उत्तीर्ण भए । विश्व आइटिएफ तेक्वान्दो महासंघका कार्यकारी सदस्य एवम् रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलानको टिमले उनको परीक्षा लिएका थिए ।
रूपसिंह रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुन् । उनकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्णकदको प्रतिमा÷सालिक बनाइएको छ । आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो पनि हो ।
कजाखस्तानको अस्ताना भएको विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त शालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्रान्ड मास्टरहरूलाई उनले निम्तो दिएका छन् ।
ग्रान्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंले बताए । जारी च्याम्पियनसिपमा उनकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login