Connect with us
Advertisement

आमकास नेपालको प्रदेश सम्मेलन सम्पन्न, वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक पहल गर्ने जनप्रतिनिधिको वाचा

Published

on

विराटचोकः आप्रवासी महिला कामदार समूह (आमकस) को राष्ट्रिय सम्मेलनको सिफारिश कार्यान्वयनका लागि प्रादेशिक पहलअन्तर्गत घरेलु श्रम, मर्यादित श्रम नाराका साथ प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

सुनसरीको भेडेटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद सपना परियारले झापा, मोरङ र सुनसरीजस्ता संवदेनशील जिल्लामा संस्था गठन गरी यस्ता कार्यक्रम गर्नाले वैदेशिक रोजगारमा जान चाहने र गएर आएका महिला दिदीबहिनीलाई सहज हुने बताइन् ।

‘राज्यका तीन वटै तहलाई घच्घच्याउने र ध्यानाकर्षण गराउने काम यस्ता कार्यक्रमले गरेका छन्’, सम्बोधनका क्रममा उनले भनिन्, ‘संस्थालाई काम गर्न असहज अवस्था भएमा त्यसको लागि प्रदेशसभाबाट गर्नुपर्ने कामको लागि म तयार छु ।’

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विदेश जानुमात्रै ठूलो कुरा नभएको र सरकारले महिलालाई वैदेशिक रोजगारमा अङ्कुश लगाउने काम पनि उचित नभएको भन्दै तालीम र सचेतनामूलक कार्यक्रम गरी वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए । भुटानी शरणार्थीसँग विवाह गरेर विदेश जाने गरेका कारण पनि समस्या आइरहेको उनको भनाइ थियो ।

झापामा भद्रपुर, मेचीनगर, दमक र गौरीगञ्जमा आप्रवासी महिला कामदारको विषयमा धेरै कार्यक्रम सञ्चालन हुने गरेकाले धेरै महिला सचेत भई पूर्ण रुपमा जानकारी लिएर मात्रै विदेश जाने गरेकाले समस्या कम देखिने गरेको थापाले बताए ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले वैदेशिक रोजगारीमा जान चाहनेको सहजताको लागि इलाका प्रशासन कार्यालय धरानमा नै एक जना परामर्शदाता राखिएको जनाए । राहदानी लिने सबैलाई नेपालबाटै विदेश जानुहोला, अरु देशको बाटो प्रयोग नगर्नुहोला पछि समस्या पर्दा सरकारले चाहेर पनि काम गर्न सक्दैन भन्ने गरेका छौँ । त्यो प्रभावकारी पनि देखिएको उनले जनाए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले अहिले वैदेशिक रोजगारीमा जानेले परामर्श लिएर मात्रै जाने गरेकाले भारतको बाटो प्रयोग गर्ने घटेको बताए । सुन्दरहरैंचामा महिला संघसंस्था क्रियाशील हुँदा पनि समस्या न्यूनीकरण भएको उनले बताए । पालिकाले दिने सूचनाहरु हेर्ने बानीको विकास नहुँदा पालिकाले गरेका कामहरुको बारेमा धेरैमा जानकारी पुग्न नसकेको उनको भनाइ थियो ।

प्रहरी चौकी पानबारीकी इन्चार्ज यज्ञ सुवेदीले जनचेतना फैलाउन सबै पक्ष लाग्नुपर्ने बताइन् । खुला नाकाका कारण नक्कली श्रीमान् श्रीमती बनेर वा सामान लिन जाने बहानामा वा गाई बाख्रा चराउन जाने नाममा मुख्य नाका प्रयोग नगरी भारत पसेर अवैध रुपमा विदेश जाने गरेका कारण धेरै महिला समस्यामा पर्ने गरेको सुनाइन् ।

आमकास नेपालकी कार्यकारी निर्देशक विजयाकुमारी राईले संस्थाले काठमाडौंमा सेल्टर व्यवस्थापन गरेको र २ जना कर्मचारी कर्मचारीले राति विमानस्थलमा अलपत्र परेका महिलालाई ल्याएर राख्ने गरेको सुनाइन् । बिचल्लीमा परेर स्वदेश फर्काइएका र भाडा तिर्ने पैसा नभएकालाई बसको टिकट काटेर पठाउने गरिएको पनि उनले सुनाइन् ।

अधिवक्ता सदीक्षा महर्जनले कानुनी जटिलताको बारेमा प्रष्ट्याएकी थिइन् ।

आमकास सुनसरी अध्यक्ष चेतना स्रेङले सञ्चालन गरेको कार्यक्रममा आमकासकी मोरङकी अध्यक्ष उमादेवी सेडाइले गरेकी थिइन् ।

कार्यक्रममा दमक, सुन्दरहरैचा र धरानका जनप्रतिनिधि, ती पलिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक