शिक्षा / स्वास्थ्य
सुकुना बहुमुखी क्याम्पसमा छलफल तथा अन्तरक्रिया कार्यक्रम
विराटचोकः बिहीबार सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षता र विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी तथा नगरप्रमुख केदारप्रसाद गुरागाईँको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू‚ लेखा समिति तथा पुनरावेदन समितिका सदस्यहरू‚ सञ्चालक समितिका पूर्वपदाधिकारीहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ प्रतिनिधिमूलक रुपमा जनप्रतिनिधिहरू‚ क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुखहरू‚ शैक्षिक कार्यक्रमका संयोजकहरू‚ विभागीय प्रमुखहरू‚ कार्यक्रम निर्देशक‚ फोकल पर्सन‚ स्वमूल्याङ्कन समूह‚ विभिन्न समितिका प्रतिनिधिहरू‚ क्याम्पसमा कार्यरत शिक्षकहरू‚ कर्मचारीहरू‚ स्ववियुका पदाधिकारीहरू र विद्यार्थी गुणस्तर समूहका प्रतिनिधिहरू गरी सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक नरप्रसाद भण्डारीले विभिन्न आठ वटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि‚ प्रमाणपत्र प्राप्तिपछि र हालको अवस्थामा क्याम्पसले भौतिक‚ शैक्षिक‚ आर्थिक‚ पुस्तकालय‚ विद्यार्थी कल्याण‚ अनुसन्धान‚ प्रकाशन‚ सुशासन‚ प्राज्ञिक उन्नयन तथा पेशागत विकास‚ सामाजिक सम्बन्ध‚ शैक्षिक गुणस्तर अभिवृद्धि‚ विद्यार्थी सङ्ख्याको बढोत्तरी‚ शैक्षिक नतिजाको अवस्था‚ विद्यार्थीका लागि रोजगारी स्थापन‚ प्रतिभा पहिचान र प्रवद्र्धन‚ अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक विवरण प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धिप्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वायत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने‚ डिम युनिभर्सिटी सञ्चालन गर्नुपर्ने‚ अनुसन्धानका गतिविधिहरूलाई सघन रुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नुपर्ने‚ अनुसन्धान अझै नतिजामुखी हुनुपर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा थप प्रयासहरू गर्नुपर्ने र एक नम्बर क्याम्पसमा स्थापित हुनुपर्ने कुरामा जोड दिए । यस्ता कार्यहरूमा विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसलाई आर्थिक‚ प्राविधिक र भौतिक क्षेत्रमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
सुन्दरहरैँचा नगरपालिकाका प्रमुख गुरागाईँले क्याम्पसबाट नगरपालिकाले कन्सल्टेन्सी सेवा लिएको उल्लेख गरे । क्याम्पसले प्राविधिक धारका कार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्ने धारणा व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए ।
सो कार्यक्रमबाट क्याम्पसले हौसलाका साथ नयाँ गति लिने‚ गुणस्तर सुनिश्चितताको नवीकरण छिटै हुने‚ अब नयाँ लक्ष्य र कार्यक्रमका साथ क्याम्पसले प्राज्ञिक स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम युनिभर्सिटीतर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धिमूलक भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन इकाइका प्रमुख गणेशप्रसाद दाहालले जनाए ।

Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login