शेयर
बिहीबार घट्यो नेप्से सूचक
विराटचोकः अघिल्लो दिन झण्डै साढे ३ अङ्क बढेर बन्द भएको नेप्से परिसूचक बिहीबार ३ दशमलव २९ अङ्क झरेको छ ।
नेप्से सूचक झरेर १ हजार १ सय ६६ दशमलव २१ अङ्कमा आए पनि कारोबार भने बढेको बजारमा ३ समूहको सूचकमा मात्रै हरियाली पोतिएको छ ।
१ सय ७० कम्पनीको ७ हजार ८३ पटकको कारोबारमा ५३ करोड २२ लाख ११ हजार २ सय ११ रुपैयाँको १६ लाख ६० हजार कित्ता शेयर बिहीबार किनबेच भएको छ ।
अघिल्लो दिन बढेको होटल समूहको सूचक सबैभन्दा धेरै झर्दा जलविद्युत, उत्पादनमूलक र लघुवित्त कम्पनीको सूचकमात्र बढेको छ ।
हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशतले घटेको छ । त्यसैगरी, विशाल बजार कम्पनीको शेयरमूल्य ३ दशमलव ९७, सप्तकोशी डेभलपमेन्ट बैंकको ३ दशमलव ९३ प्रतिशत र प्रभु बैंकको संस्थापक शेयरको मूल्य ३ दशमलव ७० प्रतिशत घटेको छ ।
जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ३३ प्रतिशत बढ्दा नेपाल सेवा र युनियन हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ७ प्रतिशत भन्दा बढी बढेको छ ।
शिवम् सिमेन्टस्काे ७ सय २५ पटकको कारोबारमा ९ करोड २१ लाख ४९ हजार ७ सय ५९ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र तेस्रो स्थानमा प्रभु बैंकको संस्थापक शेयर परेका छन् । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ८६ अर्ब कायम भएको छ ।
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
नेप्सेमा सामान्य गिरावट
बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।
जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।
११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।
Banner
नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन भने सामान्य सुधार देखिएको हो।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ४९ हजार २४८ पटकको कारोबारमा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको ९२ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ८.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर ०.५० प्रतिशभन्दा कम रहेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login