कला / साहित्य
दशौं छायाँछवि तीज म्युजिक अवार्ड–२०८० सम्पन्न
काठमाडौ–ं “दशौं छायाँछवि तीज म्युजिक अवार्ड–२०८०” सम्पन्न भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।
तारेकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योति प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायत सहभागी थिए ।
कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चार जना महिलाहरुलाई छायाँछवि तीज नारी सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार÷सञ्चारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलिक परम्परा विशेषगरी नेपाली महिलाहरुको महान् चाड तीजको अवसर पारेर आयोजना गरिँदै आएको छायाँछवि तीज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशील रहनको लागि थप प्रोत्साहन मिल्ने बताए । चाडबाडको नाममा हुने विकृति विसङ्गति रोक्दै हाम्रो आफ्नै मौलिक परम्परा जोगाउने किसिमका गीतसङ्गीतहरु नेपाली दर्शक तथा स्रोताहरुमाझ पस्कन कलाकारहरुलाई थप उर्जा मिलोस् भन्ने उद्देश्य लिएर विगत दश वर्षदेखि निरन्तर रुपमा यो अवार्डको आयोजना हुँदै आएको उनको भानाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी उपमेयर बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामी दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भइरहेको बताइन् । तीज नेपाली नारीहरुको मौलिक चाड भएकाले यसको महत्व अन्य चाडहरुको भन्दा फरक रहेको हुनाले पनि हामीले आफ्नो परम्परालाई जोगाउन तथा निरन्तरता दिनको लागि आ–आफ्नो हैसियत अनुसार भड्किलो नबनाई मनाउन उनले आग्रह गरिन् ।
सो अवसरमा कार्यक्रमलाई भब्यताको साथ सम्पन्न गर्न सफल भएकोमा आयोजक समितिलाई बधाई ज्ञापन गर्दै वर्ष दिनमा एकपटक आउने तीज पर्वलाई छायाँछवी क्रियशनले अवार्डको माध्यमबाट नेपाली मौलीक संस्कृतिलाई युवापुस्ता माझ जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्युजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले १० वर्ष अगाडिदेखि आयोजना हुँदै आएको कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मूल उद्देश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नुभन्दा पनि आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।
सञ्चारकर्मी तथा कार्यक्रम सञ्चालक दीपज्योति थापाले सञ्चालन गरेको सो अवार्ड समारोहका सदस्यमा दीपक थापा र शोभिता सुर्खेती रहेका थिए । कलाकार शिवहरि वैरागी नेपाल, सङ्गीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक रहेका थिए ।
अवार्ड विजेताहरु
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छायाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष)ः प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाडौंमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाचौँ न पीर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बिना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइँली
तीज गीत भिडियो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरि उप्रेती – तीजै आयो (जुरी)
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login