Connect with us
Advertisement

दशौं छायाँछवि तीज म्युजिक अवार्ड–२०८० सम्पन्न

Published

on

काठमाडौ–ं “दशौं छायाँछवि तीज म्युजिक अवार्ड–२०८०” सम्पन्न भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

तारेकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योति प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायत सहभागी थिए ।

कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चार जना महिलाहरुलाई छायाँछवि तीज नारी सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार÷सञ्चारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलिक परम्परा विशेषगरी नेपाली महिलाहरुको महान् चाड तीजको अवसर पारेर आयोजना गरिँदै आएको छायाँछवि तीज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरुलाई आफ्नो क्षेत्रमा क्रियाशील रहनको लागि थप प्रोत्साहन मिल्ने बताए । चाडबाडको नाममा हुने विकृति विसङ्गति रोक्दै हाम्रो आफ्नै मौलिक परम्परा जोगाउने किसिमका गीतसङ्गीतहरु नेपाली दर्शक तथा स्रोताहरुमाझ पस्कन कलाकारहरुलाई थप उर्जा मिलोस् भन्ने उद्देश्य लिएर विगत दश वर्षदेखि निरन्तर रुपमा यो अवार्डको आयोजना हुँदै आएको उनको भानाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपमेयर बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामी दिनहरुमा कलाकारहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने तयारी भइरहेको बताइन् । तीज नेपाली नारीहरुको मौलिक चाड भएकाले यसको महत्व अन्य चाडहरुको भन्दा फरक रहेको हुनाले पनि हामीले आफ्नो परम्परालाई जोगाउन तथा निरन्तरता दिनको लागि आ–आफ्नो हैसियत अनुसार भड्किलो नबनाई मनाउन उनले आग्रह गरिन् ।

सो अवसरमा कार्यक्रमलाई भब्यताको साथ सम्पन्न गर्न सफल भएकोमा आयोजक समितिलाई बधाई ज्ञापन गर्दै वर्ष दिनमा एकपटक आउने तीज पर्वलाई छायाँछवी क्रियशनले अवार्डको माध्यमबाट नेपाली मौलीक संस्कृतिलाई युवापुस्ता माझ जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक तथा तीज म्युजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले १० वर्ष अगाडिदेखि आयोजना हुँदै आएको कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मूल उद्देश्य लिएको र यस्ता किसिमका कार्यक्रमहरुलाई व्यवसायीकरण गर्नुभन्दा पनि आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गरेका थिए ।

सञ्चारकर्मी तथा कार्यक्रम सञ्चालक दीपज्योति थापाले सञ्चालन गरेको सो अवार्ड समारोहका सदस्यमा दीपक थापा र शोभिता सुर्खेती रहेका थिए । कलाकार शिवहरि वैरागी नेपाल, सङ्गीतकार मनोज चौलागाई, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक रहेका थिए ।

अवार्ड विजेताहरु
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छायाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष)ः प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाडौंमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाचौँ न पीर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बिना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइँली
तीज गीत भिडियो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरि उप्रेती – तीजै आयो (जुरी)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक